सुनको मूल्यमा निरन्तर गिरावट, कति छ आजको मुल्य ?

काठमाडौं । केहि दिन यतादेखि नेपाली बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट आएको छ । मंगलबार सामान्य अंकले घटेको सुनको भाउ आज पनि तोलामा ६ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगबार सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार एक सय रुपैयाँमा कारोबार भइरहेको थियो।

तर, आज उक्त मूल्य घटेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख चार हजार पाँच सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख चार हजार रुपैयाँ कायम भएको छ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ७५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।