संसदमा निष्पक्ष भूमिका निर्वाह गर्छु, सभामुख घिमिरे

काठमाडौं । नवनिर्वाचित देवराज घिमिरेले संसदलाई अझ मर्यादित र प्रभावकारी बनाउन भूमिका खेल्ने बताउनुभएको छ ।

घिमिरेले बिहीबार सभामुख पदमा निर्वाचित हुनुभएको थियो ।

सभामुख घिमिरेले शुक्रबार सिंहदरबारमा पदभार ग्रहण गर्नुभएको हो ।

उहाँले नवनिर्वाचित सांसदहरुका लागि संसदीय प्रक्रिया र कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिने निर्णयमा हस्ताक्षर समेत गर्नु भएको हो ।

पदभार ग्रहण गरेपछि संचारकर्मीसँग कुरा गर्दै उहाँले संसदलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको हो ।

नेपाली जनताको प्रतिनिधि संस्थालाई अझ बढी व्यवस्थित, क्रियाशिल र अझ बढी मर्यादित बनाउन सबैको प्रत्यन हुने उहाँको तर्क छ ।

जसको नेतृत्व गर्ने जिम्मेवारी आफूले पाएको उहाँको भनाइ छ ।