पुराना फरार समातिने मात्रै होइन नयाँ फरार हुन नपाउन्,धुलो धेरै छ, पुरानो छ, थोरै पर्खिनुस्: गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पुराना अपराधी पक्राउ गर्न मात्रै नभई नयाँहरु फरार हुन नपाउन् भन्ने चेत पनि आफूमा रहेको दावी गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले नयाँ अपराधिहरु पनि फरार हुन नदिने जिकिर गरेका हुन् ।

‘पुराना फरारहरु समातिन्छ्न मात्र होइन । धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ,’ उनले भने, ‘हिजो बोलेका शब्द शब्दको हेक्का छ ।

उनले भोट माग्दा गरेका वाचाहरुको हेक्का रहेको पनि बताए।

उनले मिडियोको हेडलाइन फेर्न नसकेपनि जनताको जीवनशैली परिवर्तन गर्न मेहनत गरिरहेको पनि दावी गरेका छन्।

‘मिडियाको हेडलाईन म बदल्न सक्दिन । तर जनताको लाइफलाईन बदल्न मेहनत गर्दैछु,’ उनले भनेका छन्, ‘धुलो धेरै छ, पुरानो छ । थोरै पर्खिनु चाहिँ पर्छ ।

पछिल्लो समय हत्या आरोपी सांसद संसदमै खुलमखुला हिँडिरेको भन्दै गृहमनत्री लामिछाने आलोचित छन्।

हत्या आरोप लागेका एमाले सांसद लक्ष्मी कोइरीले गृहमन्त्रीकै आखा अगाडी संसदमा उपस्थित भएका थिए। त्यस्तै कोइरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत पनि दिएका थिए।