काठमाडौंबाट३४ केजी चरेससहित तामाङ पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं ।नेपाल प्रहरीले ३४ केजी चरेससहित एक जनालाई पक्राउ गरेको छ ।

आज बिहान ३ बजे कोटेश्वरबाट ३४.५ केजी चरेस लुकाइराखेको अवस्थामा वीरबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरी निरीक्षक जीवन निरौलाको कमान्डमा खटिएको प्रहरी टोलीले धादिङको गजुरी-८ किरानचोक बस्ने बर्ष ३२ का तामाङलाई उक्त मात्रामा लागुऔषध सहित नियन्त्रणमा लिएको हो।

तामाङबारे इलाका प्रहरी कार्यालय गजुरीले थप अनुसन्धान सुरु गरेको छ।