रवि लामिछानेलाइ पुन: गृहमन्त्री नदिन माओवादी पदाधिकारी बैठकको प्रचण्डलाइ दबाब

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा गृह मन्त्रालयका बारेमा नेताहरूले जोडदार रूपमा बोलेका छन्। नेताहरूले गृह मन्त्रीबाट रवि लामिछानेले राजीनामा दिएपछि माओवादीले लिनुपर्ने धारणा राखेका हुन्।

पार्टी पदाधिकारी बैठकमा उपमहासचिव शक्तिबहादुर बस्नेत, सचिव हितमान शाक्य र चक्रपाणि खनालले गृह मन्त्री माओवादी केन्द्रले लिनुपर्ने धारणा राखेका छन्।

प्रधानमन्त्री सफल हुन गृह, अर्थ र परराष्ट्रमध्ये एक मन्त्रालय हुनुपर्नेमा जाेड दिएका छन्। अहिले कुनैपनि मन्त्रालय माओवादीको भागमा छैन।पार्टीले लिएपछि जो गएपनि हुन्छ।

रवि लामिछानेको मुद्दा किनारा लागि नसकेको अवस्थामा पुनः गृह मन्त्रालयमा फर्काउने गल्ती गर्न नहुने धारणा राखेका छन्।

‘अहिले रविको मुद्दा किनारा लागि सकेको छैन। अर्को तत्काल गैर सांसदलाई मन्त्री बनाउन नहुने उनिहरूले धारणा राखेका छन्।

 यस्तो अवस्थामा रवि जीको पार्टीबाट गृह मन्त्री हुने प्रोफाइलको नेता छैनन्।त्यही भएर यस्तो अवस्थामा माओवादीले गृहमन्त्रालय सम्हाल्नुपर्नेमा जाेड दिएका हुन।

सत्ता साझेदार दललाई गठबन्धनमा जोगाउने नाममा गैर सांसदलाई मन्त्री नबनाउन प्रधानमन्त्री प्रचण्डलाई नेताहरूले दबाब दिएका छन्।

सत्ता जोगाउने नाममा अनुचित काम नगर्न नेताहरूले प्रचण्डलाई सुझाव दिएका छन्।