बाजुरा,जुम्ला र मुगुमा भूकम्पको भ्रामक हल्ला, कठाग्रिदो चिसोमा मानिस रातभर बाहिर बस्न बाध्य

काठमाडौं । बाजुरा,हुम्ला जुम्ला र मुगुमा भुकम्प आउछ भनेर हल्ला फैलाउने मानिसको प्रहरीले खोजी गरिरहेको छ ।

भूकम्प आउँदै छ भन्ने हल्लाले रातभर बाजुरा,हुम्ला, जुम्ला र मुगुका केही स्थानका मानिसहरु घर वाहिर निस्केका थिए।

केही मानिसहरु घर बाहिर निस्केर आगो बालेर रातभर बसिरहेका थिए ।

मानिसहरुले दुख पाएपछि स्थानीय प्रशासनको आदेशमा प्रहरीले भ्रामक मानिसको खोजी शुरु गरेको छ।

कठाग्रिदो चिसोमा मानिसिहरु भुकम्प आउँदैछ भन्ने हल्लाले रातभर बाहिर बस्न बाध्य भएका हुन्।

जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले भुकम्प आउँदैछ भनेर आफूलाई रातभर फोन आएर हैरान बनाएको बताए।

मानिसहरुलाई यसरी दुख दिनेलाई खोजी कार्य शुरु भएको र कारवाही गरिने केशरीले बताए।

यो हल्ला फैलाउने व्यक्तिको खोजी कार्यगरी कारबाही हुन आवश्यक रहेको उनले बताए।