प्रचण्डसँग विप्लवको भेटवार्ता,पार्टी एकता बारे छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपामा महासचिव नेत्र विक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

प्रचण्डसँगको भेटका लागि विप्लव र खड्गबहादुर विश्वकर्मा प्रकाण्ड बालुवाटार पुगेका थिए ।

भेटमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पनि सहभागी थिए ।

विप्लव र प्रचण्डबीच पार्टी एकता बारे छलफल पनि भएकाे स्राेतले बताएकाे छ। साे छलफलमा नेता प्रकाण्डकाे पनि सहभागीता रहेकाे थियाे। 

अहिलेकाे अवस्थामा पार्टी एकता बाहेक अन्य विकल्प नभएकाे भन्दै  विप्लवले प्रचण्डलाइ प्रस्ताव राखेकाे स्राेतले जनाएकाे छ।