आज यी स्थानमा हावाहुरी र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

आइतबार बिहान प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

त्यस्तै, देशका बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो भने देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ ।
साथै बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै, प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही नहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा दिउँसोतिर हावाहुरी लाग्ने सम्भावना रहेको छ।

आइतबार राति भने प्रदेश १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ ।

त्यस्तै, बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै, प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।