एमालेबाट कुनै पनि हाल्तमा राष्ट्रपति हुँदैन,ओलीले धेरैलाई आश्वासन दिएका छन् सेन्टिफ्ल्याट बनाउछौं: अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले राष्ट्रपति हुन पाउँछु भनेर सबै दंग परेको बताएका छन् ।

शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले एमाले अध्यक्ष केपी ओलीप्रति इंगित गर्दै एमालेले पार्टीका धेरै व्यक्तिलाई राष्ट्रपति बनाइदिने आश्वासन दिइएकाले एमालेका नेताहरु राष्ट्रपति बन्न पाउँछु भनेर दंग परेको बताए ।

माधवले नेकपा एमालेले अन्तितमा आश्वासन दिएका व्यक्तिलाई सेन्टिफ्ल्याट खुवाउने बताए । उनले आफ्नो पार्टीको राष्ट्रिय भूमिका केही छैन भन्नेहरुलाई देखाइदिएको बताए । उनले आफूले राष्ट्रिय राजनीतिमा सकारात्मक भूमिका खेल्ने बताए ।

माधव नेपालले भने, ‘अहिले सबैतिर राष्ट्रपति पदको चर्चा छ । प्रत्येक व्यक्तिहरु म राष्ट्रपति हुने हो भनेर दंग परेका छन् । किनभने दंग पारिएको छ । सबैलाई राष्ट्रपति पद दिइएको छ । भइहालेँ भन्ने परिरहेको छ ।

को को सेन्टीफ्ल्याट खाने हो थाहा छैन । नेपालको राजनीति यही ढंगले अघि बढीरहेको छ । मैले संकेत मात्रै गरेको हो । हामी पनि राष्ट्रिय राजनीतिमा छौँ, हाम्रो पनि भुमिका छ।

के भूल्य छ, यिनीहरुको भन्नेहरु भन्दै गरुन्, हण्डर, ठक्कर खाएपछि चेत खुल्छ, हामी पोजेटिभ भुमिका खेल्छौँ । हामी कसैको पक्षपोषण गर्दैनौँ ।

माधव नेपालले देशको राष्ट्रिय परिस्थिति दुषित रहेको बताउए । उनले आफ्नो पार्टी केही होइन भन्नेहरुलाई सुदूरपश्चिममा अहिले आएर देखाइदिएको समेत बताए ।

उनले आफ्नो पार्टीको भविष्य खत्तम छ भन्नेहरुलाई एकीकृत समाजवादी सुदूरपश्चिमबाट सरकारमा उदाएर देखाएको बताए ।

माधव नेपालले भने, ‘किन नेपालको अहिलेको राष्ट्रिय परिस्थिति कलकल नदीमा बगिरहेको खोलामा बगिइरहेको पानी जस्तो छैन । यथास्थिति रहँदैन ।

सुदूरपश्चिमको सरकार ढल्यो, नयाँ सरकार बन्यो, नयाँ सरकारमा अहिले को को छ रु एउटा नेपाली काँग्रेस, अर्को (एकीकृत समाजवादी) छ ।

यो पार्टीको केही अर्थ छैन, यसको भविष्य खत्तम छ भनेको होइन, कहाँबाट उदायो त्यहाँ । ठूलो धक्का एमाले पार्टीलाई परेको छ । त्यो पहिलो शुरुवात हो ।