प्रभु डिजिट र एलएनटी इन्फोटेकको लाइसेन्स खारेज

काठमाडौं ।नेपाल दूरसञ्चार प्राधिकरणले नविकरण प्रक्रिया अघि नबढाएको दुई इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गरेको छ। प्राधिकरणले नविकरण प्रक्रिया अघि नबढाएको भनेर प्रभु डिजिट र एलएनटी इन्फोटेकको लाइसेन्स खारेज गरेको हो।

प्रभु डिजिटल काठमाडौं र एलएनटी इन्फोटेक कास्कीको कम्पनी हो।

प्रभु डिजिटिलले अनुपतिपत्र अनुमतिपत्र नं.फि.ज १.१२१० र एलएनटी इन्फोटेक अनुमतिपत्र ९अनुमतिपत्र नं.फि.ज १.१२२० नविकरणका लागि नियमाअनुसार निवेदन पेश नगरेकोले उक्त अनुमतिपत्र दूरसञ्चार एने, २०५३ को दफा २५९५० बमोजिम स्वतः खारेज भएको सूचनामा उल्लेख छ।

नियमानुसार तिर्नरबुझाउनु पर्ने रकम सूचना जारी भएको मितिले ३० दिन भित्र तिर्न पनि प्राधिकरणले अनुरोध गरेको छ। बक्यौता रकम नबुझाए कानून बमोजिम कारबाही प्रक्रिया अघि बढाउने प्राधिकरणले चेतावनी दिएको छ।