रेशम चौधरीलाई भेट्न जेलमै पुगे सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह,के भयो कुराकानी ?

काठमाडौं। सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले)नेतृत्वको सरकार ढलेसँगै ठूलो दलको नेताको रुपमा मुख्यमन्त्री भएका नेपाली कांग्रेसका कमलबहादुर शाहले विश्वसको मत पाउने वातावरण बनाउन सक्रियता बढाएका छन् ।

माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएर २७ गते पद तथा गोपनियताको सपथ लिएका शाह २८ गते नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको परिवारका सदस्यहरुलाई भेट्न उनको घरमै पुगेका थिए ।

सोही दिन पार्टी अध्यक्षसमेत रहेकी चौधरीकी पत्नी रञ्जिता श्रेष्ठलाई भेटेका शाह त्यसपछि काठमाडौं आएका छन् ।

उनले आइतबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर चौधरीलाई छुटाउने भूपिका खेल्न आग्रह गरेका छन् । उनले आज धुम्बाराहीमा पुगेर देउवालाई भेटेका थिए ।

आज नै मुख्यमन्त्री शाह र नागरिक रेशम चौधरीबीच भेटवार्ता भएको छ । टीकापुर घटनामा डिल्लीबजार कारागार काठमाडौंमा रहेका चौधरीलाई भेट्न मुख्यमन्त्री शाह कारागार पुगेका हुन् ।

उनीहरूबीच भेटघाट केकुरा भयो भन्नेबारे खुलेको छैन । उनले मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । ५३ सदस्यीय प्रदेशसभामा विश्वासको मत लिन २७ सांसदको समर्थन आवश्यक हुन्छ ।

सुदुरपश्चिम प्रदेशसभामा कांग्रेसका १९ सांसद रहेका छन् भने नेकपा (माओवादी केन्द्र)का सभामुृख बाहेक १० जना, नेकपा (एमाले)का उपसभामुख बाहेक ९ जना, नागरिक उन्मुक्ति पार्टीका ७ जना, नेकपा (एकिकृत समाजवादी)का ४ जना, राप्रपाका १ जना र स्वतन्त्र एकजना सांसद छन् ।