दुर्गा प्रसाईंले छाडे एमाले

काठमाडौं । मेडिकल व्यवसायीसमेत रहेका एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंले नेकपा एमाले पार्टी परित्याग गरेको बताएका छन्। पूर्वराज परिवारलाई साथमा लिएर महाअभियानमा हिँडेका उनलाई एमालेले कारबाही गरेपछि प्रसाईंले एमाले परित्याग गरेको बताएका हुन्।

प्रसाई महाअभियानमा हिँडेपछि एमालेको स्थानीय कमिटीले केन्द्रमा कारबारका लागि सिफारिस गरेको थियो। तर, पार्टीले कारबाहीको सिफारिस अघि नबढाउँदै आफू एमालेबाट अलग भएको प्रसाईंले बताएका छन्।

प्रसाईंले आज (आइतबार) नै एमाले अध्यक्ष केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन्। २०७८ मंसिर २६ मा प्रसाईं एमालेको केन्द्रीय सदस्य बनेका थिए।

एमालेमा आउनुअघि प्रसाईं नेकपा माओवादी अध्यक्ष प्रचण्डनिकट थिए।पछि एमाले र माओवादी मिलेर नेकपा डबल हुँदा प्रसाई एमालेतिर लागेका थिए।