सुर्खेतमा प्रहरी जवान मृत फेला,थप अनुसन्धान हुँदै

सांकेतिक तस्वीर

काठमाडौं । सुर्खेतमा एक जना प्रहरी जनाव मृत फेला परेका छन्।

सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत एक प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेका छन्।

दार्चुला घर भएका प्रहरी जवान कवीन्द्र विक कञ्चटमा गोली लागेको अवस्थामा मृत फेला परेका हुन्।

बिहीबार बिहान ३ बजे उनको शव फेला परेको सुर्खेत प्रहरीले जनाएको छ।

विकको शव पोस्टमर्टमका लागि कर्णाली प्रदेश अस्पतालमा राखिएको छ।

उनले आफैंले गोली हानी आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।