माओवादी पतनको बाटोमा अगाडी बढ्यो: सचिव भट्टराई

फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी केन्द्रले पुस १० को सम्झौता विपरीत गए माओवादी पतन भएर जाने दाबी गरेका छन् ।

एमालेले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानका क्रममा जुम्ला पुगेका सचिव भट्टराईले माओवादीले पुस १० को सहमति कायम राख्ने विश्वासका कारण एमालेले राष्ट्रपति पदमा उम्मेदवारी दिएको बताए ।

सचिव भट्टराईले सम्झौता कार्यान्वयन गर्नुको विकल्प नरहेको बताएका छन्।सचिव भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समेत ठुलो अवसर गुमाएको समेत बताए । राष्ट्रपतिको उम्मेदवारका लागि एमालेको प्रस्ताव अस्वीकार गर्नु उनका लागि घाटा भएको भट्टराईको भनाइ छ ।

उनले भने, ‘समझदारीकै कारण एमाले सरकारबाट नबाहिरिएको हो । सम्झौता विपरीत गरे माओवादी पतनको बाटोमा जाने निश्चित छ । यो वामपन्थी एक हुने अवसर भएकाले माओवादीले सहमति कार्यान्वयन गर्नेमा आशावादी छौँ ।