क्रान्तिकारी माओवादी र बहुमत निकट अखिल (क्रान्तिकारी)द्वारा संयुक्तरुपमा स्ववियु निर्वाचन लड्ने प्रतिबद्धता

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) निकट विद्यार्थी संगठनले संयुक्त रुपमा आगामी स्ववियु निर्वाचन लड्ने प्रतिबद्धता जनाएका छन्।

दुवै संगठनका अध्यक्ष हरिकृष्ण गजुरेल र मिलन राईले संयुक्त रुपमा प्रेस वक्तव्य जारी गरेर सँगै अगाडी जाने बताएका हुन्।

अखिल (क्रान्त्तिकारी)को आज बसेको संयुक्त बैठकले मिलेर चुनाव लड्ने निर्णय गरेको अध्यक्ष हरिकृष्ण गजुरेलले जानकारी गराएका छन्।

देशभर एउटै प्यानल बनाएर उम्मेदवारी दिने घोषणासमेत गरिएको अध्यक्ष गजुरेलले बताए।बैठकले निर्वाचन तयारीका लागि विभिन्न उपसमिति पनि गठन गरेको उनले भने।

दुवै संगठनका अध्यक्ष सम्मिलित संगठनको केन्द्र, प्रदेश, जिल्ला र इकाई समिति बनाउने समेत निर्णय गरिएको अध्यक्ष गजुरेलले बताए।

संयुक्त बैठकले एमसीसी र संसदीव्यवस्था विरोधी विद्यार्थी संगठनलाई चुनावमा सहकार्यको आह्वानसमेत गरिएको अध्यक्ष गजुरेलले बताए।

आगामी दिनमा पनि सहकार्य गरेर अगाडी बढ्दै जाने बैठकमा सहमति गरेका छाै छलफल गरेर अगाडी बढ्छाै अध्यक्ष गजुरेलले भने। पार्टी एकताकाे कुरा पनि अन्तिम चरणमा पुगेकाे सन्दर्भमा हामी पनि एक भएर अगाडी बढ्ने निणर्य गरेकाे अध्यक्ष गजुरेलले बताए।