क्रान्तिकारी माओवादी र नेकपा (बहुमत) चितवन जिल्लाको आयोजनामा शहिद सप्ताह कार्यक्रम सम्पन्न

प्रेम प्रसाद कडेल-
चितवन। नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) चितवनको आयोजनामा माडी नगरपालिकाको शहिद चोक वसन्तपुरमा महान जनयुद्धको प्रथम शहीद दिल बहादुर रम्तेलको स्मृति दिवस मनाइयो।
 
कार्यक्रम सञ्चालन नेकपा (क्रान्तिकारी माओवादी)का जिल्ला सेक्रेटरी बाबुराम प्यासीले गरे। कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य जिल्ला ईन्चार्ज कमरेड घननाथ सापकोटा विकास र नेकपा बहुमत माडी नगरपालिका इन्चार्ज रमा गुरुङले संयुक्त रुपमा शहिद चोक वसन्तपुरमा रहेको शहिद शालिकमा अबिर लगाएर माल्यार्पण गर्नुभयो।
 
कार्यक्रममा क्रान्तिकारी माओवादीका जिल्ला सचिवालय सदस्य सुरेश गौतमले जनयुद्धलाई अपराधीकरण गर्न प्रतिक्रियावादी सत्ता लागेको र जनयुद्धको अठ्ठाईसौं वर्षगाँठको अवसरमा शहिदहरुलाइ राष्ट्रिय शहिद घोषणा गर्नुपर्ने माग गरे।
 

कार्यक्रममा क्रान्तिकारी माओवादीका भरतपुर महानगर सेक्रेटरी रमेश पौडेल नविन, नेकपा बहुमत चितवन जिल्ला इन्चार्ज महेश चौधरी लगायतका नेता तथा कार्यकर्ताको गरिमामय उपस्थिति रहेको थियो।

 
कार्यक्रममा क्रान्तिकारी माओवादीका केन्द्रीय सल्लाहकार किसान नेता भूमिश्वर कडेलले जनयुद्ध र शहिदको सपना साकार पार्न नेपालमा पुनः नयाँ ढङ्गले जनयुद्ध अगाडि बढाउन आवश्यक रहेको बताए।