जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशन गर्ने मन्त्रीपरिषद्को निर्णय

काठमाडौँ । सरकारले ‘जनयुद्ध’ र जनआन्दोलनका सहिदहरूको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ।

आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनयुद्ध’ र जनआन्दोलनका सहिदहरूको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो।

जनयुद्ध र जनआन्दोलनमा भएका सबै खाले घटनाहरूलाई संस्था गत गर्दै लैजाने बताईएको छ।