गृह मन्त्रालयमा माधव नेपालको दाबी, यी नेताहरूको नाम चर्चा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टी सरकारमा सहभागी हुनेगरि गृहकार्यमा जुटेको छ।

अध्यक्ष माधवकुमार नेपालले प्रधानnepalमन्त्री पुष्पकमल दाहालसँगको पछिल्लो भेटवार्तामा पार्टी सरकारमा सहभागी हुन तयार रहेको बताएका थिए।

नेकपा (एस)ले सरकारमा सहभागी हुनका लागि गृहमन्त्रालयमा दाबी गरेको छ।

अध्यक्ष माधवकुमार नेपालले नै प्रधानमन्त्री दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग यसबारेमा जानकारी गराइसकेका छन्।

माधव नेपालले आफ्नो पार्टीबाट राजेन्द्र प्रसाद पाण्डेलाई गृहमन्त्री बनाएर सरकारको नेतृत्व गर्न पठाउने तयारी थालेका छन्।

नेकपा (एकीकृत समाजवादी) ले २ वटा मन्त्रालय पाउने सम्भावना छ।

अध्यक्ष माधवकुमार नेपालले भने आठ दलीय गठबन्धनबाट संसद्को पाँच वर्षको कार्यकालमा एक वर्ष सरकारको नेतृत्व गर्ने समझदारी छ।

प्रधानमन्त्री दाहालले आज र भोलिभित्रै मन्त्रिपरिष्द पूनर्गठनको तयारी गरेका छन्।

आज साँझ कांग्रेस सभापति देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालसँग पनि छलफल हुँदैछ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव काठमाडौं उपत्यका बाहिर भएकोले उनीसँग भने भोलिमात्रै छलफल हुने बालुवाटारले जनाएको छ।

जसपाले तीन मन्त्रालय पाउने सम्भावना छ।