‘प्रचण्ड’ सरकारको नीतिः मालिक खुसी पार्ने,जनतालाई विष खुवाएर मार्ने: अध्यक्ष ओली

फाइल तस्वीर

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिमेकी खुसी पार्न लागिपरेको आरोप लगाएका छन्।

 काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले भारतीय तरकारीको विषादी परीक्षण रोक्न प्रधानमन्त्री आफैं लागिपरेको भन्दै आपत्ति जनाएका हुन्।

मालिक खुसी पार्नका लागि प्रचण्डले नेपाली जनताको भान्छाभान्छामा विषादीयुक्त तरकारी पठाएको उनको आरोप छ। अहिले सरकारमा बस्नेहरुमा कुनै लाजसरम छैन।

हाम्रा भान्छाभान्छामा विषादीयुक्त चिज आउन दिने। मालिक खुसी हुन्छन् कि हुँदैनन् त्यत्ति हो कुरा। मालिक खुसी हुन्छन् भने नेपाली मरेर के भयो उनले भने।

प्रधानमन्त्री प्रचण्डको आदेशमा भारतबाट आउने तरकारीमा विषादीको मात्रा परीक्षण गर्न छाडिएको उनको आरोप छ। संयन्त्र भएसम्म परीक्षण गरेर मात्रै तरकारी भित्र्याउन पर्ने उनले बताए।

नेपालीको भान्सामा विषादी आएर के भो भन्ने तर्कले अहिले प्रधानमन्त्रीजीको आदेशमा सब्जी, तरकारीको विषादीको कुनै जाँचबुझ गर्न पाइने छैन।

हामीसँग संयन्त्र नहुनु बेग्लै कुरा हो,भएजति त जाँच्नु पर्यो नि छिमेकी खुसी पार्ने,अरु खुसी पार्ने बाह्य शक्तिलाई खुसी पार्ने आफ्ना जनतालाई विषाक्त चिज खुवाएर मार्ने,यस्तो नीति रहेको छ,ओलीले भने।