चितवन जिल्लाको विरेन्द्रनगर पाकडीबासमा जनयुद्धका शहिदहरुको स्मृति सभा सम्पन्न

प्रेम प्रसाद कडेल-

चितवन। सम्पुर्ण शहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली ! सहिद सप्ताहको छैठौ दिन पुर्वी चितवनको विरेन्द्र नगर पाकडीबासमा एक कार्यक्रम गरि सहिद स्मरण गरिएको छ।

नारायणगढ लोथर लोकमार्गको मध्य भागमा पर्ने बैरहनी चोकबाट झण्डै डेढ किलोमिटर उत्तरतिर पाकडिबास बस्ती छ । बस्तिको बिच दक्षिण पश्चिम लमतन्न एउटा नहर देखिन्छ।

हिउँदको याम भएकोले सुख्खा नहरमा बालुवा मात्र छ । त्यही नहरको बिचमा ने क पा ( क्रान्तिकारी माओबादी ) कार्यकर्ताको उपस्थितिमा २० फाल्गुणमा स्मृति सभा सम्पन्न गरिएको छ।

२०६१ साल बैशाख ३१ गते तात्कालिन शाही सेनाले ने क पा माओवादीका होनाहार युवा कार्यकर्तालाइ कब्जामा लिइ उनिहरुलाइ नै खाल्डो खन्न लगाए पश्चात् गोलि हानी सामुहिक हत्या गरि चिहान पारिएको स्थानमा सो कार्यक्रम सम्पन्न गरिएको हो।

स्थानिय किसान महिला मायादेवी अधिकारिका अनुसार दिउँसो अन्दाजी सयौँको संख्यामा आएका नेपाली सेनाले राम बहादुर खड्का, ऋषि रेग्मी , टीका अधिकारी,मनोज चौधरी र ऐन कुमारी तामाङको बीभत्स हत्या गरेको हो।

उक्त घटना सम्झदै अधिकारी भन्छिन नेपाली सेनाको जत्थाको ज्यादती देख्दा अहिले पनि आङ सिरिङ्ग हुन्छ । अर्का साक्षी स्थानिय महतो भन्छ त्यो कोलाहल र आतङ्क सम्झदा नहरमा पानी लगाउन आउदा अहिले पनि मन बिक्षिप्त हुन्छ।

सहिदहरुप्रती श्रध्दान्जलीबाट सुरु भएको स्मरण सभामा सो घटनाको दिन घेरा तोडेर भाग्न सफल जनयुद्धको ज्युँदो शहिद तात्कालिन पुर्वी चितवनका इन्चार्ज एवम् जननेता हाल नेकपा (क्रा. माओबादी ) केन्द्रीय सल्लाहकार तथा किसान नेता भुमिश्वर कंडेलले भावपुर्ण शैलीमा सहयोद्धाहरु मधु उप्रेती,उपेन्द्र तामाङ रामचन्द्र पाठक लगायतलाई सम्झदै आफ्नो अनुभूति पेश गर्नुभयो र शहिदको सपना पुरा नभएसम्म नयाँ ढङ्गले जनयुद्ध जारी रहने बताउनुभयो।

जिल्ला सेक्रेटरी बाबुराम प्यासिको उद्घोषणमा सन्चालित उक्त सभामा कवि मोदनाथ मरहट्टाले सहिद सम्झना सहित जोशिलो कविता वाचन गरेका थिए।

कार्यक्रमको अन्त्यमा नेकपा( क्रान्तिकारी माओबादी ) के.सदस्य तथा चितवन जिल्ला इन्चार्ज कमरेड घननाथ सापकोटाले सहिदहरुको आदर्श पछ्याउदै उनिहरुको सपना मर्न नदिने अठोट व्यक्त गर्नुभयो।

सभामा स्थानिय जनताहरुको व्यापक सहभागिता रहेको थियो । सो स्थानमा सहिद स्तम्भ राख्ने प्रतिबध्दता सहित कार्यक्रमको समापन गरियो।