शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन नमान्ने प्रचण्ड हुन्: अध्यक्ष ओली

फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन नमान्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भएको बताएका छन ।

आज नेकपा एमालेले पार्टी केन्द्रीय कार्यलय च्यासमा सांसदहरूलाई प्रशिक्षण दिदै उनले भने, ‘पहिलो पटक प्रधानमन्त्री हुँदा द्वन्द्वकालिन मुद्दा टुग्याउन आग्रह गर्दा प्रचण्डले मान्नुभएन । कहिले के भनेर कहिले के भनेर पन्छिनु भयो ।

अध्यक्ष ओलीले भने, ‘मैले प्रचण्ड र शेरबहादुरजीलाई पटकपटक भनें । द्वन्द्वका प्रमुख पक्ष र विपक्ष तपाईंहरु हो । यसको एउटा खाका बनाउँ । म दुवै हातका औंठा छाप गरीदिन्छु भने तर उहाँले वास्ता गर्नु भएन ।’