बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउन पाइन्छ: बाबुराम भट्टराई

काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले शान्ति सम्झौता अनुसार जनयुद्धकालीन मुद्दा नियमित अदालतले हेर्न नहुने बताउनुभएको छ ।

उहाँले सोमबार बिहान सामाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो बताउनुभएको हो।

शान्ति सम्झौता अनुसार जनयुद्धकालीन मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) ले हेर्नुपर्ने उहाँले तर्क गर्नुभएको हो।

बहालवाला प्रधानमन्त्री पुष्पकमल दाहाललाई मुद्दा लगाउन पाइने तर शान्ति सम्झौता अनुसार जनयुद्धकालीन मुद्दा टीआरसीले मात्र हेर्नुपर्ने उहाँको भनाइ छ।

उहाँले बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउनै पाइदैन भनेको चाहीं नएको बताउनुभयो ।

उहाँले सामाजिक सञ्जाल ट्वीटरमा यस्तो लेख्नुभएको छ !