ओलीको दाबी: गणतन्त्र युद्धको बलमा आएको होइन,एमालेभित्र रहेका पूर्वमाओवादी यस्तो तयारी गर्दै

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पमकल दाहाल ’प्रचण्ड’विरुद्ध सर्वोच्चमा रिट दर्ता भएपछि माओवादी पृष्ठभूमिका नेताहरु एकीकृत रुपमा आजाव उठाउन थालिरहेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जुटेका माओवादी पृष्ठभूमिका नेताहरुले प्रचण्डविरुद्द मुद्दा दर्ता हुनुलाई सिंगो माओवादी आन्दोलन र माओवादी नेताहरुविरुद्धको षडयन्त्रको रुपमा अर्थ्याएका छन्।

यस्तो अवस्थामा के गर्दैछन् त एमाले पार्टी भित्र रहेका पूर्वमाओवादीहरु? एमाले भित्र अहिले उनीहरुलाई सहज अवस्था छ त?

१० वर्षे सशस्त्र युद्धमा होमिएका माओवादी नेताहरु यतिबेला छिन्नभिन्न अवस्थामा छन्। प्रधानमन्त्री प्रचण्डले एमालेसँग पार्टी एकता गरेपछि तत्कालीन नेकपामा रहेका केहि प्रभावशाली नेताहरु एमालेमै रहे।

युद्ध नै लडेका नेताहरु रामबहादुर थापा ’बादल’,टोप बहादुर रायमाझी, लेखराज भट्ट लगायत अन्य शक्तिशाली पदमा रहेका नेताहरु नै एमालेमा सक्रिय छन्।

यता, माओवादी युद्धमै सरिक भएपनि एमालेलाई गएको चुनावमा धोका दिदै आम जनता पार्टी गठन गरेका प्रभु साह भने छुट्टै राजनीतिक धार समात्न खोज्दैछन्।

युद्ध रणनीति बनाउने नेताहरु एमालेको राजनीतिमा सक्रिय बन्दै गर्दा एमाले अध्यक्ष केपी ओलीले माओवादी युद्धलाई कत्लेआम गर्दै आएका छन्।

गणतन्त्र माओवादी युद्धको बलमा नआएको दाबी गर्ने ओलीले माओवादीले अनाहकमा जनताको ज्यान मारेको आरोप चर्को रुपमा लगाउदै आएका छन्।

ओली युद्धदेखि अहिलेसम्म नै माओवादी युद्धको विपक्षमा आवाज दिने नेतामा पर्छन्। तत्कालीन नेकपाले आयोजना गरेको जनयुद्ध दिवसमा समेत ओलीले सहभागीता जनाएका थिएनन्।

झापाको सुखानी आन्दोलनमा शहीद भएकाहरुको सम्मानमा प्रचण्डले सम्बोधन गरेपनि ओलीले तत्कालीन नेकपाले आयोजना गरेको कार्यक्रममा अन्तिम समयमा समय अभाव देखाउदै अनुपस्थित भएका थिए।

ओलीले पार्टी एकताको क्रममा माओवादी युद्धलाई दस्तावेजमा स्वीकार गरेपनि खुलेर माओवादी युद्धको प्रशंसा भने गर्ने गरेका छैनन्।

बरु माओवादीप्रति आक्रोश पोख्दै युद्धमा सरिक हुँदा घाइते भएकादेखि विभिन्न समस्यामा परेकालाई एमालेमा आए सहयोग गर्ने वचन भने दिने गरेका छन्।

ओलीले माओवादी युद्धलाई अस्वीकार गरेपनि एमालेमै रहेका माओवादी पृष्ठभूमिका नेताहरु भने एमालेमा गएपछि सन्तुष्ट हुन सकेका देखिन्न्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा जुटेका माओवादी नेताहरुले आन्दोलनप्रति नै षडयन्त्र भएको निष्कर्ष निकाल्दा समेत उनीहरुले मौनता साँध्नुपर्ने अवस्था आएपछि भने उनीहरुविरुद्ध खिसिट्युरी गर्न थालिएको छ।

माओवादी नेता कार्यकर्ता र युद्धलाई आत्मसाथ गर्नेहरुले उनीहरुमाथि प्रश्न गरेका छन्।एमालेमै रहेपनि जनयुद्ध दिवसको शुभकमना दिएका ती हेबिवेट नेताहरुलाई प्रश्न गर्न थालिएको छ,प्रचण्ड जेल गए तिमीहरु पनि बच्न सक्दैनौं।

युद्धमा जे जति मानिसको हत्या वा मृत्यु भयो, बेपत्ता भए त्यसमा थोरै भाग तिम्रो भागमा पनि पर्छ। यस्ता विषय उठ्न थालेपछि उनीहरुले कस्तो कदम चाल्छन त्यो भने हेर्न बाँकी नै छ।