प्रधानमन्त्री प्रचण्डसँग नेकपा महासचिव ‘विप्लवको भेटवार्ता, दुइ नेताबीच भयो यस्तो सहमति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले भेटवार्ता गरेका छन् ।

नेकपाका दुई नेताहरुले बुधबार बिहान माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्। भेटमा उनीहरुबीच पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बताइएको छ ।

विप्लवले प्रधानमन्त्रीसामू बिगतमा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न आग्रह गरेको बताइएको छ।

उनले सरकारले राजनीतिक आस्थाका बन्दीहरूको रिहाइ र मुद्दा खारेजी गर्नुपर्ने माग राखेका थिए। विप्लवको मागमा प्रधानमन्त्री प्रचण्डले सकारात्मक जवाफ दिएको बुझिएको छ।

त्यस्तै प्रचण्डविरूद्ध सर्वोच्चमाा दर्ता भएको मुद्दाका विषयमा पनि छलफल भएको बताइएकाे छ।

बुधबार पनि प्रधानमन्त्री निवासमा माओवादी पृष्ठभूमीका ८ दलहरुको संयुक्त भेला भएको थियो।प्रचण्डविरुद्धको मुद्धामा माओवादी पृष्ठभूमीका दलहरु एकाबद्ध भएका छन्।