कांग्रेस र एमाले मिल्न सम्भव छैनः गगन थापा

फाइल तस्वीर

काठमाडौं । राजनीतिमा असम्भव केही नभएको भन्दै कांग्रेससँग पनि मिल्न सक्ने बताएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कांग्रेस महामन्त्री गगन थापाले काउन्टर दिएका छन्।

राष्ट्रपति निर्वाचनस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै गगनले २०८४ सालयता एमालेसँग मिल्न सक्ने अवस्था नै नभएको बताएका हुन्।

‘२०८४ सालमा एमालेसँग मिल्न सकिएला, तर अहिले यो सम्भव छैन, थापाले भने, हामीले जिताउने राष्ट्रपतिले जनतालाई दुःख दिनु हुँदैन। जनताले सम्मान गर्ने राष्ट्रप्रमुख हामी बनाउँदैछौं।

नयाँ गठबन्धनका प्रधानमन्त्रीलाई पनि सफल बनाएरै छोड्ने थापाले बताए।

थापाअघि एमाले अध्यक्ष ओलीले राष्ट्रपति चुनावपछि कांग्रेस र एमाले मिलेर अगाडि बढ्न सक्ने बताएका थिए।

तर, थापाले यो संसदको कार्यकाल रहने २०८४ सम्म त्यस्तो सम्भावना नहुने जिकिर गरेका हुन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग मिल्न सक्ने बताएका छन्।

राष्ट्रपति निर्वाचनका क्रममा संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले कांग्रेससँग मिल्न सक्ने, नमिल्ने भनेर कसम नखाएको बताएका हुन्।

उनले भने, ‘कांग्रेससँग हामी मिल्न सक्छौं। मिल्दैनौं भनेर कसम खाएका छैनौं। राजनीतिमा जुनसुकै सम्भावना कायमै रहन्छ।