प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटको सुनुवाइ आज हुँदै

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको मुद्दाको सुनवाइ आजका लागि तोकिएको छ।

पाँच हजार जनाको हत्या गरेको साबिती बयानलाई आधार बनाएर गत मंगलबार दायर भएको मुद्धाको सुनुवाइ आजका लागि तोकिएको हो ।

प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ गते टुँडीखेलमा आयोजित थारु माघी महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै आफूले दश वर्षे युद्धकालमा भएको पाँच हजार जनाको हत्याको जिम्मा लिने बताएका थिए ।

सोही अभिव्यक्तिलाई मुख्य विषय बनाएर पीडितले मुद्दा दायर गरेका हुन् ।

रिट निवेदनको पक्षमा कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका रामेछापका ज्ञानेन्द्रराज आरणसहित रहेका छन् ।

अध्यक्ष प्रचण्डमाथि सर्वोच्च अदालतमा रिट दर्ता भएपछि माओवादी धारका नेताहरुले आपत्ति जनाएका छन् ।

यसअघि नेताहरुको संयुक्त बैठकले त्यसको विरोध गर्दै संयुक्त प्रतिवाद गर्ने चेतावनी दिएका थिए ।