देउवाको रोजाईमा यी सांसद अर्थमन्त्री बन्ने पक्का,पार्टी भित्र विवादै-विवाद

फाइल तस्वीर

काठमाडौं । मन्त्रिपरिषद् विस्तारको तयारीसँगै सत्ता गठबन्धनको सबभन्दा ठूलो दल नेपाली कांग्रेसमा मन्त्रीका आकांक्षी नेताहरुको दौडधुप सुरु भएको छ।

राष्ट्रपति चुनावमा माओवादीले कांग्रेसलाई सघाउने निर्णय गरेसँगै एमाले सरकारबाट बाहिरिएको छ। ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनपछि कांग्रेस सरकारमा जाने तयारीमा छ।

माओवादी केन्द्रका एक पदाधिकारीका अनुसार ५ गतेसम्म उपराष्ट्रपति निर्वाचनको आचार संहिता नै लागू हुने कारण सरकार विस्तार गर्न मिल्दैन।

त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने र सरकारलाई पूर्णता दिने तयारी छ । एक पदाधिकारी भन्छन्, ‘विश्वासको मत लिनुअघि सिम्बोलिकल्ली केहीलाई सरकारमा सहभागी पनि गराउन सकिन्छ।

अहिलेसम्म कुन दलले कुनकुन मन्त्रालय लिने भनेर औपचारिक रुपमा छलफल सुरु भएको छैन। तर अर्थ मन्त्रालय कांग्रेसले पाउने निश्चितजस्तै छ । प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफैंसँग राख्न चाहेकाले अर्थ मन्त्रालय कांग्रेसको भागमा पर्ने नेताहरु बताउँछन्।

अर्थमा जान कांग्रेसभित्र नेताहरुको दौडधुप चर्को छ। महामन्त्री गगनकुमार थापा अर्थमन्त्रीका आंकाक्षी मानिएको थियो । महामन्त्री थापा आफैं पनि अर्थतन्त्रसँग जोडिएको छलफलहरुमा सहभागी भइरहेका छन्। तर उनले सार्वजनिक रुपमै मन्त्री नहुने घोषणा गरेका कारण उनको सम्भावना सकिएको छ।

आफू मन्त्री होइन महामन्त्री भएको भन्दै उनले आइतबार एक कार्यक्रममा भने, ‘पाँच वर्षको लागि पाएको जिम्मेवारी सांसदको हो।

न म अहिले मन्त्री बन्ने हो, न म अहिले बन्न मिल्छ।कांग्रेस नेताहरुका अनुसार अब अर्थमन्त्रीको दौडमा प्रवक्ता डा.प्रकाशशरण महत, पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेता उदय शमशेर राणा छन्।

पार्टी सभापति देउवाका विश्वास पात्र मानिएका डा। महत पनि अर्थमा आफ्नो दाबी स्वभाविक भएको बताउँछन्।मैले अध्ययन गरेको विषयको आधारमा अर्थ मन्त्रालय चाहना राख्नु स्वभाविक हो,उनले भने,अहिले आर्थिक संकटको अवस्था छ।

मन्त्रालयको जिम्मेवारी लिएर मात्रै हुने अवस्था छैन। आर्थिक संकटको चुनौती सामना गर्न म सक्षम छु।

पूर्व अर्थमन्त्री कार्कीले अर्थ मन्त्रालयमा आफ्नो दाबीबारे केही बोलेका छैनन् । तर उनले पार्टी नेतृत्वसँग निरन्तर लबिइङ गर्दै आएका छन्।

पूर्व अर्थराज्यमन्त्री राणा पनि अर्थमन्त्रीमा आफ्नो दाबी रहेको बताउँछन्। पूर्वअर्थराज्यमन्त्री भएकाले स्वभाविक रुपमा अर्थमन्त्रीमा दाबी रहन्छ,सभापतिसँग आफना कुरा राख्छु,उनले भने, ‘तर मलाई दिनैपर्छ भनेर जिद्दी गर्दिन किनकी ८ दललाई मिलाएर लैजानुपर्ने छ।

कांग्रेस वृत्तमा नेता डा. शेखर कोइराला पनि मन्त्रीको आकांक्षी रहेको कतिपयले चर्चा गर्छन्। डा. शेखरले पनि बुधबार वर्तमान अर्थतन्त्रको सन्दर्भमा अन्तरक्रिया राखेको थिए।

तर उनी निकट नेताहरु भने सरकारमा जाने वा नजाने, गए कुन मन्त्रालय लिने भन्ने कुनै छलफल नभएको बताउँछन्।