सत्ता गठबन्धन ढाल्ने यस्तो तयारी गर्दै चतुर खेलाडी देउवा, प्रचण्ड अब के गर्लान त ?

काठमााडौं। यतिबेला सत्ता राजनीतिको केन्द्रमा काँग्रेस सभापति देउवा छन् ।देउवाको चाहेको खण्डमा सत्ता उनकै हातमा जानेछ । काँग्रेसभित्र पनि देउवा एक्लो मसिहा जस्तो छन्।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका बारेमा नेपाली राजनीतिमा अनेक खाले चर्चा परिचर्चा र मिथकहरु छन् । देउवासँग नाम छ, बदनामी छ, तर राजनीतिमा कहिल्यै गुमनामी छैन । विशेष गरी ०४७ सालको परिवर्तनपछि देउवा राजनीतिक चर्चा र विवादको केन्द्र भागमा अनवरत छन् ।

पछिल्लो समय पुस १० को राजनीतिले पछारिएको टिप्पणी सेलाउन नपाउँदै देउवाले गरेको ‘कमब्याक’का कारण उनी फेरि चर्चामा छन् । र उनी अहिले सर्वाधिक माग भएका पात्र हुन् ।

यसकारण पनि कि, सत्ता गुमाउने वित्तिकै एमाले देउवालाई प्रधानमन्त्री बनाउन तयार छ । प्रचण्ड देउवाको दैलो बाहिर टुहुरो महसुस हुने बुझाइकै कारण ओत लिएर बस्न बाध्य छन् । माधव, उपेन्द्र हुँदै नयाँ उदाएका रविसम्म देउवाको सुसारे बन्न तयार छन् ।

यो त भयो, फरक पार्टीभित्र देउवाको प्रभाव, आफ्नै पार्टी काँग्रेसभित्र देउवा एक्लो मसिहा हुन् । विगतमा प्रतिद्वन्द्वी र आलोचक बनेकाहरु पनि अब देउवा नभई हुँदैन र पाइँदैन भन्ने तहमा छन् ।

१३ औं महाधिवेशनमै देउवा सभापतिमा निर्वाचित भएपछि उनीसँगै पराजित भएका रामचन्द्र पौडेल १४ औं महाधिवेशनमा देउवाकै दासी बने । फलतः देउवाले राजनीतिको उत्तरार्धमा रहेका रामचन्द्रलाई सबथोक दिएर तथास्तु भनिदिए ।

उनी अहिले राष्ट्रपति छन् ।काँग्रेसभित्र देउवा जसलाई चाहन्छन्, त्यसले सबथोक पाउँछ भन्ने मान्यता स्थापित भइरहेकै बेला महामन्त्री गगन थापा टक्करमा उत्रिएका थिए ।

तर इतिहासकै कमजोर परिणाम ल्याएर संसदीय दलमा पछारिएपछि गगन पनि देउवाको गुनगान नगाइ राजनीति नहुने निष्कर्षमा पुगे । जसरी सभापतिमै देउवाविरुद्ध भिडेका शेखरले यसअघि नै बुझेका थिए ।

देउवा नेपाली राजनीतिका ‘साइलेन्ट किलर’जस्ता छन् । चुपचाप बस्छन् तर बाजी पलट हानेको भेउ विपक्षीले काम फत्ते भएपछिमात्रै थाहा पाउँछन् ।यस्तै कदम उनले पुस २६ मै प्रधानमन्त्रीलाई विश्वासको मत दिएर चालेका थिए ।

जसले देउवाको सबैभन्दा बलियो बाधकका रुपमा रहेको एमाले सत्ता हुँदै राष्ट्रपति पनि गुमाएर गलेको छ । यसलाई नेपाली काँग्रेसले देउवाको चतुर रुपकै कारण राजनीति लयमा फर्किएको अर्थमा विश्लेषण गरिरहेको छ ।

विधि र पद्धतिमा चलेको पार्टी पद पाइने बित्तिकै सिद्धान्तमाथि धोती लगाएर विपक्षीको टाङमुनि छिर्दैन भन्ने मान्यता छ । तर देउवा त्यसका उदाहरण हुन् र यसैकारण आलोचित पनि छन् । सत्ता भन्न बित्तिकै देउवाका त्रिनेत्र खुल्ने विश्लेषण पार्टीभित्रै हुने गरेको छ ।

मंसिर ४ को निर्वाचन सम्पन्न भएको चार महिना पुगिसक्दासमेत काँग्रेसले केन्द्रीय समिति बैठक राखेर समीक्षा गरेको छैन ।देउवाले नचाहेकै कारण नीति महाधिवेशन अलपत्र छ ।

फलतः देउवामाथिविधि, विधानमा नचलेको आरोप पार्टीभित्रै लाग्दै आएको छ । यसको रोकथाम गर्ने जिम्मा पछिल्लोपटक महामन्त्रीद्धय गगन–विश्वप्रकाशले उठाएका थिए । तर अब उनीहरु पनि देउवाविरुद्ध गएर सकिँदैन भन्ने लाइनमा आएर अडिएका छन् ।

त्यसो त देउवाले विगतमा नेपाली कांग्रेस पाटी पनि फुटाए । तथापि उनी नै दुईपटक एकीकृत पार्टीको सभापति बनेका छन् । राष्ट्रिय राजनीतिमा देउवासँग परिवर्तनकारी र पुनरुत्थानवादी दुबै डराउने गरेका छन् ।

यद्यपि दुबैको भर देउवामै छ । र, यो नै देउवाको रोचक पहेली बनेको छ । किनकि जसै गरे पनि जहाँ गए पनि देउवा किन सत्ताको केन्द्र भागमा हुन्छन् रुयो रहस्यमय जस्तैछ ।