त्रि-चन्द्र बहुमुखी क्याम्पसमा नेविसंघकै नेताले निर्वाचन अधिकृतलाइ धम्की दिएर नाम हटाउन लगाएको प्रति नेविसंघकै आपत्ति

काठमाडौं। राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा त्रि-चन्द्र बहुमुखी क्याम्पसमा नेविसंघका नेताको नाम हटाएको प्रति विरोध गरिएको छ।

नेविसंघकै नेताले निर्वाचन अधिकृतलाइ धम्की र डर देखाएर नाम हटाउन लगाइएको अमृत बहादुर शाहीले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

यस्तो परिस्थितीमा निर्वाचन नहुन पनि सक्छ रातारात नाम हटाउने काम बन्द गरिनुपर्छ स्ववियु निर्वाचन गर्ने हो भने स्वच्छ र निष्पक्ष हुनुपर्छ भने पक्षमा हामीहरू रहेका छौ उनले भने।

अहिले यो अवस्थामा पनि धम्की दिएर,थर्काएर गुण्डागर्दी शैलीमा निर्वाचन अधिकृतलाई नाम हटाउन लगाउनु कतिको जाहेज होला सबैले सजिलै बझ्न सकिन्छ।  

प्रशासनले २० जनाको नाम पठाएको थियो भने यता निर्वाचन अधिकृतलाइ धम्की दिएर नाम हटाउन लगाइएको भनिएको छ।

नेविसंघले चुनावबाट भाग्न पाइँदैन चुनाव गर्ने नै हो भने निर्वाचन अधिकृतले २० जनाकै नाम निकाल्नु पर्छ होइन भने हरेक प्ररिस्थितिको जिम्मा प्रशासन र निर्वाचन अधिकृतले लिनु पर्छ विज्ञप्तिमा भनिएको छ।

चुनाव गर्ने भए संगठनका सबै जिम्मेवार हुनुपर्छ होइन भने अब आउने परिस्थितिको सबै जिम्मा लिन धम्की र डर देखाउनेहरूले पनि लिन तयार हुनुपर्छ उनले भने।