गृहसहित यी तीन मन्त्रालयमा एकीकृत समाजवादीको दाबी,मन्त्रालयको भागबण्ड मिलाउन प्रचण्डलाई सकस

काठमाडौं। नेकपा (एकीकृत समाजादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा गृह मन्त्रालयको दाबी गर्ने भएको छ।

नेकपा(एस)का उपाध्यक्ष एवं बागमती प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका राजेन्द्रप्रसाद पाण्डेले आफूहरुले प्रचण्ड नेतृत्वको सरकारमा गृहसहित तीन मन्त्रालयको दाबी गरिरहेको बताए।

‘हामिले गठवन्धनमा गृहसहित ३ मन्त्रालय दावि गरेका छौ हामिलाई गृहमन्त्री दिन प्रचण्ड सकरात्मक हुनुहुन्छ उनले भने।

गत पुष १० मा बनेको प्रचण्ड नेतृत्वको सरकारले पुनः चैत छ गते विश्वासको मत लिँदैछ। नेकपा(एमाले)ले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अहिले कांग्रेससहितको १० दलीय गठबन्धन रहेको छ।

प्रचण्डले करिब १ महिनादेखि बोकिरहेको १६ वटा मन्त्रालयको भारी बिसाउन चाहेपनि उनलाई १० दलीय गठबन्धनलाई मिलाएर मन्त्रिपरिषद् विस्तार सकस रहेको छ ।

त्यस्तै उपराष्ट्रपतिको निर्वाचनका लागि मतदान गर्न संसद् भवन नयाँ बानेश्वर पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल छलफलमा जुटेका छन्।

उपराष्ट्रतिका लागि मतदान गरिसकेपछि प्रधानमन्त्री दाहाल, सभापति देउवा र अध्यक्ष नेपाल संसद् भवनभित्र रहेको प्रधानमन्त्री कक्षमा छलफल गरिरहेका छन्।

प्रधानमन्त्री दाहालले चैत्र ६ गते लिने भनिएको विश्वासको मत र मन्त्रिपरिषद् विस्तारबारे छलफल भइरहेको दाहाल निकट स्रोतले बताएको छ।