दश प्रहरी सम्पर्क बिहिन प्रधान कार्यालयले निकाल्यो यस्तो सूचना

काठमाडौं। प्रहरी प्रधान कार्यालय नक्सालले दश प्रहरी फरार रहेको भन्दै हाजिर हुन आउन सूचना जारी गरेको छ।

बाटोको म्यादबाहेक सात दिनभित्र हाजिर हुन नआए प्रहरी नियमावली बमोजिम कारबाही गरिने कानुन शाखाले निकालेको सूचनामा उल्लेख छ।

यसरी फरार रहेको सूचीमा दीपेन्द्र सिंह, निरकुमार राई, दिपु अग्रवाल, गोविन्द केसी, राफल यादव, विशाल कुमार राई, आनन्द मण्डल, धर्मेन्द्र विक, आलेश थापामगर र हरिराज विक रहेका छन्।