यी हुन् केपी ओलीले उपचुनाव जिताउन खटाएका चुनावी कमाण्डरहरु,के सफल होलान् त?

फाइल तस्वीर

काठमाडौं। बैशाख १० मा हुने उपचुनावका लागि नेकपा (एमाले)ले चुनावी कमाण्डरहरु तोकेको छ।

एमालेले बारा -२ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, चितवन- २ मा उपाध्यक्ष सुरेन्द्र पाण्डे र तनहुँ -१ मा उपाध्यक्ष युवराज ज्ञवाली कमाण्डर तोकेको हो।

बारा २ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र सचिव रघुवीर महासेठलाई जिम्मा दिइएको छ। बारा -२ मा एमालेबाट पुरुषोत्तम पौडेललाई उम्मेदवार बन्नुभएको छ।

त्यस्तै चितवन -२ मा उपाध्यक्ष सुरेन्द्र पाण्डे,गोकर्ण विष्ट र गोकुल बास्कोटालाई जिम्मेवारी दिइएको छ। चितवन ३ मा एमालेबाट रामप्रसाद न्यौपाने उम्मेदवार बन्नुभएको छ।

यसैगरी तनहुँ -१ को चुनावी कमाण्ड उपाध्यक्ष युवराज ज्ञवालीले पाउनुभएको छ उहाँसँग सचिव पद्मा अर्याल पनि खटिनुहुने एमालेले जनाएको छ।

तनहुँ- १ मा भने उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ पनि खटिनुभएको छ। तनहुँ-१ मा एमालेबाट सर्वेन्द्र खनाल उम्मेदवार बन्नुभएको छ।

उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा अध्यक्ष केपी शर्मा ओली पनिजाने एमालेले जनाएको छ।