१० लाख नगदसहित तीन जना पक्राउ

काठमाडौं। स्रोत नखुलेको ५ लाख भारतीय रुपैयाँ र ५ लाख नेपालीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

सर्लाहीको कविलासी नगरपालिका–८ बाट सशस्त्र प्रहरीका अनुसार १० लाख नगदसहित हरिवन नगरपालिका–११ बस्ने ४५ वर्षीय गान्धि साह सोनार, रुपन्देही घर भएका ३५ वर्षीय राजेश बनियाँ र भारतीय नागरिक १९ वर्षीय अनिल शाहलाई पक्राउ गरेको हो।

मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको प्रदेश नं. २–०३–०१५ प ५९६९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा सो नगद भेटिएको थियो।

आरोपीहरुको साथबाट भारतीय रुपैयाँ ५ सय दरको ९ सय ९६ वटा २ हजार दरको एउटा र नेपाली रुपैयाँ ५० दरको ३२ वटा १ सय दरको ४ सय ८४ वटा, ५ सय दरको ३ सय वटा र १ हजार दरको ३ सय वटा बरामद गरिएको छ।

उनीहरुलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ।