एमालेका यी १० जना नेताले गरे पार्टी परित्यागको घोषणा (यस्तो छ राजिनामा पत्र)

काठमाडौं। नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य नरेश खरेलले एमाले परित्यागको घोषणा गरेका छन्।

सोमबार खरेलसहितका नेता तथा कार्यकर्ताले एमाले परित्यागको घोषणा गरेका हुन्।

सहिद रत्नकुमार वान्तवाको स्मृति दिवसको अवसर पारेर खरेलसहित एमाले झापाकी उपसचिव चन्द्रा श्रेष्ठ, हिरा पोखरेल, कल्पना पोखरेललगायत एकै पटक १० जनाले एमाले छाडेको घोषणा गरेका हुन्।