काँग्रेसको शेखर समूहबाट यी हुन मन्त्री बन्ने सांसदहरू

फाइल तस्वीर

काठमाडौं । सरकारमा सहभागी मन्त्रीहरुको नामावली टुंगो लगाउन कांग्रेसका नेता शेखर समूहको बैठक बसिरहेको छ।

कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बिहानदेखि बैठक बसिरहेको छ । सो समूहले तीनजना मन्त्रीको नाम सभापति शेरबहादुर देउवालाई बुझाउने तयारी गरेको छ।

त्यसमध्ये धनराज गुरुङ, डिगबहादुर लिम्बु, जीवन परियार र बद्री पाण्डेमध्ये कुनै तीनजनाको सम्भावना रहेको स्रोतले जानकारी दियो।

त्यसैगरी कांग्रेस सभापति देउवाले पनि निवासमा आफू निकटका नेताहरुसँग अहिले छलफल गरिरहेका छन्।सो समूहबाट एनपी साउद र मोहन बस्नेत मन्त्री बनाउने तयारी छ।

त्यस्तै सुरेन्द्र आचार्यको पनि सम्भावना रहेको स्रोतले जानकारी दियो।

त्यस्तै प्रधानमन्त्री दाहालले कांग्रेसका तर्फबाट सहभागी हुने नाम प्राप्त गरे आजै सरकारलाई पूर्णता दिने तयारी गरेका छन्।