माओवादीलाई क्रान्तिकारी पार्टीमा रुपान्तरण गर्न सकिन्छ :गृहमन्त्री श्रेष्ठ

फाइल तस्वीर

काठमाडौं। नेकपा माओवादी केन्दका वरिष्ठ उपाध्यक्ष एवम् उप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले माओवादीलाई क्रान्तिकारी रुपान्तरण गर्न सम्भव भएको टिप्पणी गरेका छन्।

पार्टीको प्रवास समन्वय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले माओवादी पार्टी मात्रै रुपमान्तरण भएर क्रान्तिकारी पार्टी निर्माण गर्न सकिने बताए।

‘यो परिवर्तन ल्याउन प्रचण्ड कमरेडले भूमिका खेल्नुभयो। उहाँबाटै देशको रुपमान्तरण गर्न सम्भव छ,श्रेष्ठले भने,हामी नै संसद विघटन हुँदा प्रतिगमनका विरुद्ध लड्यौं र परास्त गर्यौ। हामी परिवर्तनलाई आत्मसात गरेर अघि बढेर समाजवादीमा पुग्न सक्छौं।

उपप्रधानमन्त्री श्रेष्ठले माओवादीलाई मात्रै रुपान्तरण गरेर क्रान्तिकारी पार्टी बनाउन सम्भव भएको उल्लेख गरेको एक नेताले बताए।

अरु पार्टीहरु धेरै बिग्रिसकेकाले माओवादीलाई मात्रै रुपमान्तरण गरेर क्रान्तिकारी पार्टी बनाउन सकिने श्रेष्ठले बताए।

माओवादी पार्टीले गल्ती गरेपनि आत्मआलोचना गरेर जनता सच्चिने प्रतिवद्धता समेत गर्ने गरेको उनको भनाई थियो। विदेशमा रहेका नेपालीलाई पार्टीमा जुट्न पनि श्रेष्ठले आग्रह गरे।

यस्तै प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले विदेशमा रहेका नेपालीको सुख दुःखमा रहेर काम गरिरहेको बताए। विदेशमा रहेका नेपालीको समस्या समाधान गर्न आफूले सक्दो सहयोग गर्ने समेत शर्माले बताए।