साढे ४ किलो सुनसहित दुई जना पक्राउ

फाइल तस्बिर

काठमाडौं । नेपालगञ्जबाट ४ किलो ९२९ ग्राम सुन सहित दुई जना प्रकाउ परेका छन् ।

प्रकाउ पर्नेमा विराटनगरका रमेश सोनी र प्रकाश ठाकुर रहेका बाँके प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार न्यूरोमा रहेको न्यू इन्द्रेणी होटलबाट उनीहरुलाई पक्राउ गरिएको हो।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोष सिंह राठौरले जानकारी दिए।