शिक्षा र समाजको वर्तमान अवस्था

 अखिल (क्रान्तिकारी) उपाध्यक्ष-शिलु न्याैपाने

शिक्षा विश्व समाज परिवर्तनको प्रमुख कारक तत्व मानिन्छ। महान भन्दा महान परिवर्तनको लागि देशले शिक्षा नीतिमा परिवर्तन ल्याउन सक्नु पर्छ।

आज शिक्षा र स्वास्थ्यमा माफियाहरुको बलियो समयन्त्रको चंगुलले लुट फिँजाएर अराजक मच्याउदा राज्य टुलुटुलु हेर्दै बसेको छ।

राज्यले जनतालाइ शिक्षा र स्वास्थ मैलिक अधिकार अन्तर्गत निस्शुल्क शिक्षा र स्वास्थको नारा दिएर संबिधानमा उल्लेख गरेपनि शिक्षा गरिव निमुखा जनताको पहुच बाहिर छ।

आज शिक्षालाइ गुणस्थरको नाउमा अविभावकहरुबाट महंगो शुल्क असुल गर्ने बलियो माध्यम निर्माण भएको छ। हुदा खाने (गरि खाने)जनताका छोराछोरीहरुले आलिसान भवनमा अध्यान गर्ने कुरा त छाडौ तिनका लागि त्यो स्कुल कलेजका ढोकामा प्रवेश समेत रोकिन्छ।

सक्नेले पढाउने हो भन्ने तर्क अगि सार्दै गर्दा शिक्षाले दुइ खाले जनशक्ति उत्पादन त जस्तो विउ रोपियो उस्तै उत्पादन हुने होलारु शैक्षिक र स्वास्थ माफियाहरू आज साम्सद बन्ने दाउ चलाउदै अर्थतन्त्रमा कब्जा जमाउदै राजनीतिको यात्रा तयका साथ फडको हाल्दै छन ।

जनक शिक्षा केन्द्र ९० लाख विधार्थीहरु पुस्तक छाप्न कागज छैन भनि रहदा पार्टिका मतपत्रहरु छाप्न नेपाली सेनालाइ तैनथ राखेर छाप्न अग्रसरता देखाएको बारे तपाइ हामी अवगत नै छौं ।

आज देशलाइ समृद्ध बनाउछु भन्दै हिँडने ठेकेदारहरु देशलाइ आर्थिक मन्दिमा धकेले गरिव जनताले रगत पसिना नभनि देश विकासका लागि तिरेका करहरुमा कसले राइदाइ गरेका भन्ने कुरामा सबै नेपाली जनताहरुले सुस्पष्ट भाषाशैलीमा बुझनु भएको छ।

आज यो व्यवस्था भ्रष्ट,जालि, सुधखोरि,तस्कर,माफियाहरुको सेटिङमा चल्ने, वैदेशिक गोटीहरुबाट परनिर्भर र परजीविहरु जो आफ्नो बलबुताबाट चल्न सक्दैन, परआस्रित हाम्रा देशका शासकहरुले देशलाइ मक्काइ सके आज साधन स्रोतको दोहन गरि देशलाइ दुर घटनाको बाटो तिर धकेल्ने कालिदास शासकहरु बाट कसरी देशका सन्ततिहरुले विकास निर्माण सक्रियता पूर्वक डोर्याउनु भन्दा वैदेशिक मुलुकमा आफ्ना युवा जनशक्ति लखेटेर रेमिटेन्सले देश चलाउने यात्रा तय गरेको देखिन्छ।

देश विकासका लागि बलियो भिजन एवम खाकाको आवश्यक पर्दछ। नेपालले जल,जमिन,जंगल,जडिबुटी र जनशक्तिलाइ उचित तवरबाट योजनाको खाका न तयार गर्यो न परिचाल नै १ विदेशी शक्तिलाइ देवत्वकरण गर्दै शासकहरु कसरी शक्तिमा रहि रहने भन्ने कुरामा मात्र तल्लिन बनेको देखियो।

आज विकास निर्माणको आधारहरु तयार गर्दै समग्र विकास नीतिमा ध्यान दिदै विकासका कार्यहरुमा जनताहरुको प्रत्यक सहभागितामा अभिवृद्धि गराउनु टडकारो आवस्यकता बन्न पुगेको छ।

मुख्यतः हाम्रो शिक्षा निति यहाको रहन सहन, माटो संग,उत्पादन,विकास,प्रविधि र समय सापेक्ष हुनु पर्दछ। अनि मात्र देश विकासको वलियो संबाहकहरु तयार गर्दै विश्वमा एउटा वलियो उदाहरणको छाप छोडन सक्दछ।

आज शिक्षामा माफियाहरूको चंगुलको कारणले शिक्षालाइ नीजिकरण, व्यापारिकरण गर्दै लुटि खाने भाडोको रुपमा तयार हुदै छ ।शिक्षामा विभेद सृजना गरिदै छ यसलाइ खपत गरि सोचमा दरिद्रता मात्र लुट सिवाय केहि छैन।

समयको उपज स्वरुप आफ्नै पार्टी सिद्धान्त र विचारलाइ विश्वास गर्न नसक्नेहरु गठबन्धनको नाममा ठगवन्धन निर्माण गरि सत्तामा राइदाइ गरदै छन।

आज रुप तथा संख्यामा बलियो देखिन चाहने दक्षिण पन्थी संशोधनवाद नव प्रतिकियावादी। माक्सवादी पोशाक र आभूषणमा सचिएर दुनियालाइ यतिबेला यो आडमबरले दिग्भ्रमित पार्ने कोशिष रचेका छन्।

शक्ति र पदमा पुग्नकै लागि करोडको मोल मलाइ गर्दै पार्टी नेतालाइ सेटिङ्गमै ब्रिफकेस बुझाएर सत्तामा पुग्ने भर्याङ निर्माण गर्दै भष्ट्राचार गरि जनताको आखामा छारो हाल्ने काम आखिर कहिले सम्म हुने हो? यस्ता भष्ट्राचारीहरुको सम्पति छान्बिन गर्नुपर्दछ।

यी सबै गतिबिधिका कारण नेपाली जनता आजित भै सकेका छन जनताले अव कसैलाई छाड्ने वाला छैन,जनता को नयाँ जनवादी राज्यव्यवस्था स्थापना अपरिहार्य बन्न पुगेको छ।

मालेमाबादको रक्षा, प्रयोग र विकासको कुरा दुनियाँलाइ विकासको गतिमा अगि बडाउन रिफरेन्सको रुपमा प्रयोग गर्नु पर्दछ। हरेक कालखण्डमा निमुखा जनताले भिषण लडाइ लडदै परिवर्तन ल्याएका हुन।

यहा मुलुक लाइ सम्वृद्धको बाटोमा मार्ग निर्देशन गर्न सबै जातजाति,महिला,उतपिड्डीत जनसमुदायलाइ जागरुक बनाउदै विकास र सम्वृदिको बाटोमा हिडाउनु पर्छ।

आज लुटेराहरु एक जुट बन्दै छन नेपाली जनताको धैर्यताको बाँध फुट्ने वाला छ अव जनताको विद्रोह अपरिहार्य बन्न पुगेको छ। जनताको आन्दोलनको आधिबेरिले दलाल शासकहरु तहस नहस बन्ने वाला छन् ।

हामी जनताको साथमा छौं। जनताको अधिकारको लागि यो व्यवस्था बदल्नु जनताको प्रमुख दायित्व हो अव जनता जागि सके दलाल ,लुटेरा सरकारबाट जनता पुरानो व्यवस्था लाइ टेकेर बम्हलुट लाइ विशेष प्रथमिकतामा राख्ने बाट् अव कोहि भ्रमित बन्न हुदैन अव छिटै जनताहरु जाग्नु पर्छ आउदो पुस्ताको भविष्य निर्माण गर्ने मार्गमा नेपाली जनता छन्।

भिजन नभएका दलाल संसदिय यो वर्तमान व्यवस्थालाइ खारेज गर्नको लागि संधर्ष एवम आन्दोलहरु सशक्त बनाउनुको विकल्प नरहेको कुरा इतिहासका हरेक कालखण्ड हरुमा दलाल शासकहरु निकम्मन भएकाले गरिव वस्तिहरुमना आज जनता गास,वास कपासका लागि छटपटाइ रहेका छन्।

सहिद,वेपत्ता योद्धाहरुमाथि कुठाराघात भएको छ। मुलुकलाइ सुन्दर बनाउन हामी गम्भीरताका साथ लाग्नुपर्द छ। जनयुद्धका नायक स्वयं प्रतिकृयावादी आन्दोलनको नायक बन्न पुगे जनयुदलाइ घात भएको छ।

केहि सिमित नेताहरु मन्त्रि बने १७  हजार नेपालीले परिवर्तनको लागि दिएका बलिदान,त्याग को अर्थ सिद्ध हुन सकेको छैन मुलुक आज निर्वाचन पछि छ महिना पार गर्दै गर्दा देश आर्थिक संकट्टमा फसिसकेको छ।

जनताको बलियो फैज, निर्माण गर्ने भिषण जनसंधर्ष गर्दै जनताको अधिकार स्थापित गर्ने अव सबै नेपाली एक जुट बन्नुको विकल्प छैन।