एकैदिन थप १११ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

काठमाडौं। कोरोना संक्रमणबाट थप १ जनाको मृत्‍यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार थप एक जनाको मृत्‍यु भएको हो ।

पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

२ हजार ५१७ जनाको नमुनामध्‍ये १ हजार ४० जनाको पीसीआर परीक्षण गर्दा ७८ जना र १ हजार ४७७ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जना गरी १११ जनामा कोरोना संक्रमण देखिएको हो।

यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ३७८ जना पुगेको छ भने संस्थागत आईशोलेशनमा १८ जना, आईसीयूमा ६ जना र १ जना भेन्टिलेटरमा उपरचाररत छन्।

मन्त्रालयका अनुसार बिहीबार मात्र ६० जना कोरोनाबाट निको भएर घर फर्किइसकेका छन्।संक्रमण बढेसँगै कोरोना विरुद्धको बुस्टर डोज खोप लगाउन मन्त्रालयले सबैमा आग्रह गरेको छ।