पोर्चुगल पाठाइदिने भन्दै २१ लाख ठगी गर्ने २ जना पक्राउ

काठमाडौं। पोर्चुगलको सपना देखाएर दुई जनाले २१ लाख ठगेको पाइएको छ। ठगी कार्यमा संलघन गोरखाको घ्यालचोकका दुर्गा बहादुर रेग्मी र कमला रेग्मीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

सुजन कार्कीसहित ३ जनालाई ठगेको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो।

विभागको आग्रह अनुसार नै उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। थप अनुसन्धान तथा कारबाहीको लागि उनीहरूलाई विभागमा पठाइएको प्रहरीले जनाएको छ।