बालबालिका प्रयोग गर्दै भीआईपी स्पा एण्ड हेल्थ क्लव, प्रहरी नै जान्छन् हेप्पी इन्डिङ गर्न

काठमाडौं। संघीय राजधानीको रुपमा रहेको काठमाडौं उपत्यकामा उच्च शिक्षा हासिल गर्न आएका विभिन्न जिल्लाका आर्थिक अवस्था कम्जोर भएका बालबालिकादेखि लिएर किशोरीसम्म ‘स्पा सेन्टर’को नाममा यौनजन्य गतिविधिमा संलग्न भएको पाइएको छ।

सहजरुपमै छोटो समयमै मनग्य आम्दानी गर्ने स्रोतको रुपमा काठमाडौं उपत्यकामा च्याउसरी ‘मसाज र स्पा सेन्टर’ खुलेका छन्।

यसरी बालबालिका र किशोरीहरुलाई प्रयोग गर्दै छोटो समयमै मनग्य आम्दानी गर्ने स्पाको रुपमा काठमाडौंको बौद्ध बाहुनधारामा संचालित भीआईपी स्पा एण्ड हेल्थ क्लव रहेको छ।
हेल्थ क्लवको नाममा भीआईपी स्पा एण्ड हेल्थ क्लवले बालबालिकाहरुलाई सामाजिक सञ्जाल टिकटकमै अश्लिल हरकत गर्न लगाई प्रचारप्रसार गरी ग्राहकहरु तान्दै आइरहेको पाइएको छ।

बालबालिकालाई यसरी प्रयोग गर्दै बालअधिकारको दुरुपयोग गर्दै छोटो समयमै मनग्य आम्दानी गर्न सफल बनेको भीआईपी स्पा एण्ड हेल्थ क्लवका कर्मचारीहरुले नै बताउने गरेका छन्।

स्थानीय र भइआईपी स्पा वरीपरी रहेका व्यापारीहरुले हाम्रा संवाददातालाई बताए अनुसार, दिनमा कम्तिमा पनि ५० देखि लिएर १ सयसम्म ग्राहकहरु आउने गरेको बताएका छन्।

विशेष गरी सो स्पा सेन्टरमा आउने ग्राहकहरु आफ्नो स्वास्थ्यका लागि भन्दा पनि पछिल्लो समय चलनचल्तीको शब्द नै बनिसकेको ‘हेप्पी इन्डिङ’ गर्न आउने गरेको नाम नबताउने सर्तमा सोही स्पामा कार्यरत एक कर्मचारीले बताए।

बौद्ध प्रहरी बृत्त र बौद्ध प्रहरी बीटको नजिकै रहेको सो स्पा सेन्टरमा प्रहरीका हाकिमसहित घुमुवा गई ‘हेप्पी इन्डिङ’ त गर्छन् नै, माशिक नजरानासमेत लिन गरेको ती कर्मचारीले बताए।

स्पाको नाममा हुने यौनजन्य गतिविधिलाई माशिक बुझेकै भरमा प्रहरीहरुले खुल्लमखुल्ला रुपमा यस्तो धन्दा चलाउन दिने हो भने समाजमा विकृति मौलाउँदै जाने स्थानीयले गुनासो पोख्ने गरेका छन्।

यस्तो छ सर्वोच्चले जारी गरेको निर्देशिका
सर्वोच्च अदालतले २०६५ मा जारी गरेको निर्देशिकामा मनोरन्जनको क्षेत्रमा काम गर्ने कामदार,ग्राहक र साहुले अपनाउनु पर्ने नियमको बारेमा उल्लेख छ।

सो निर्देशिकालाई कार्यान्वयन गराउन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन तथा कारवाही समिति समेत गठन भएको थियो।

महिला विकास कार्यालयको मातहतमा गठन गरिएको सो समितिले केही समय क्रियासिल ढंगबाट काम गरेपनि संघीय संरचनासँगै महिला विकास कार्यालय खारेज भएपछि सो क्षेत्रमा हुने अवैध गतिविधि माथि कडा निगरानी हुन सकेको देखिदैन।

पछिल्लो समय नेपाल प्रहरीले २०७५ सालमा स्थापना गरेको मानव बेचविखन ओसारपसार व्युरोले २०७६ साल बैशाखदेखि काम सुरु गरेयता राजधानीभित्र हुने आन्तरिक बेचविखनका घटनामा केही कमि देखिए पनि अहिले खासै चासो दिएको देखिदैन्।

प्रहरीले गैरसरकारी संघ–सस्थासँग पनि सहकार्य गर्दै आएको छ ।

यति हुँदा हुँदै पनि राजधानीका विभिन्न ठाउँमा रहेका मसाज र स्पामा बालिका तथा किशोरीलाई नियुक्तिपत्र विना काममा लगाउने,तलब नतोकी कमिसनको भरमा काममा लगाउने, ग्राहकको ईच्छा अनुसार काम गर्न बाध्य बनाउने गरिन्छ ।

मसाज र स्पामा काम गर्ने बालिका तथा किशोरी सानै उमेरमा यौन हिंसामा पर्छन् तर आफूलाई परिवार र साथीभाईले के भन्लान् भन्ने डरमा आफ्नो वास्तविकता लुकाउँदा विस्तारै यौन कार्यमा लाग्न बाध्य भएको पाइन्छ ।