दार्चुलाको हिमपहिरोमा परि ५ जना अझै बेपत्ता

सांकेतिक तस्वीर

काठमाडौं। दार्चुलाको ब्याँस गाउँपालिका-१ बोलिनमा गएको हिमपहिरोमा पाँच जना अझै बेपत्ता छन् ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार चार जना महिला र एकजना पुरूष अझै सम्पर्कमा आएका छैनन् ।

यस्तै हिमपहिरोमा फसेका सातजना भने सम्पर्कमा आएका उनले जानकारी दिइन् ।

ब्याँसमा अहिले पनि वर्षा र हिमपात भइरहेकाले उक्त ठाउँमा हेलिकप्टर पठाउन सक्‍ने अवस्था नरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

मंगलबार दिउँसो २ बजेर ४५ मिनेटमा गएको हिमपहिरोमा परी यार्सागुम्बा टिप्न गएका सर्वसाधारण परेका छन्।