कांग्रेस शेखर कोइराला निकट युवा नेताहरूले सातै प्रदेशमा भेला गर्ने,यी हुन तोकिएका संयोजकहरू

फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेस शेखर कोइराला निकट युवा नेताहरूले पार्टी रूपान्तरणकका लागि प्रदेश भेला राख्ने निर्णय गरेका छन्।

भक्तपुरको कौशलटारमा आइतबार बसेको कोइराला निकट युवा नेताहरुको बैठकले सातै प्रदेशमा भेला बोलाउने निर्णय गर्दै बैठक समाप्न गरेको छ।

आगामी जेठ महिनामा ७ वटै प्रदेशमा भेला गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेता बताए।

कांग्रेसमा आमुल परिवर्तन र रूपान्तरणका लागि देशव्यापी अभियान चलाउने निर्णय गरिएको छ।

 सहभागी नेताका अनुसार अभियानअन्तर्गत कांग्रेसका सबै प्रदेशका अगुवा कार्यकर्ताहरूसँग छलफल गरिने बताए। भेलाका लागि प्रदेश संयोजकसमेत तोकिएको उनले जानकारी दिए।

त्यस्तै कोशी संयोजकमा गुरूराज घिमिरे, मधेश संयोजकमा रञ्जित कर्ण, बागमती संयोजकमा मधु आचार्य, गण्डकी संयोजकमा देवराज चालिसेलाई तोकिएको छ।

लुम्बिनीमा गोविन्दराज पोखरेल, कर्णालीमा भूपेन्द्रजंग शाही र सुदूरपश्चिममा भरत खड्कालाई संयोजकको जिम्मेवारी दिइएको छ।