भ्रष्टाचारविरुद्ध देशका विभिन्न क्षेत्रमा प्रदर्शन हुँदै

सांकेतिक तस्वीर

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरण तथा अन्य भ्रष्टाचारका विरुद्धमा आज (शनिबार) देशैभरका विभिन्न क्षेत्रमा प्रदर्शन हुँदैछ।

भ्रष्टाचारविरुद्ध एक हौँ भन्ने अभियानले दिउँसो काठमाडौं, भैरहवा, पोखरा, सिन्धुली लगायतका अन्य स्थानमा पनि प्रदर्शन गर्न लागेको हो।

काठमाडौंको नक्साल नारायणचौरमा दिउँसो साढे १२ बजे प्रदर्शन गर्ने तयारी छ। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहभागी हुने छन्। यस्तै माइतीघर मण्डला, बानेश्वर लगायतका क्षेत्रहरुमा पनि प्रदर्शन हुने बताइएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणम राजनीति र प्रशासन क्षेत्रका हाइप्रोफाइल व्यक्ति पक्राउ परेसँगै राजनीतिक क्षेत्र तरंगित बनेको छ। विभिन्न राजनीतिक दलका विद्यार्थी संघठन, नागरिक समूह लगायतले विरोध प्रदर्शन गरीरहेका छन्।

यो प्रकरणसँगै भ्रष्टाचार काण्डको निष्पक्ष अनुसन्धान र छानबिनका लागि दबाब दिन नागरिक स्तरबाट दबाबमूलक अभियान शुरु भएको हो।