काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ३१ जना घाइते

काठमाडौं। पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्।

कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख २५६१ नम्बरको बस आइतबार राति दुर्घटना भएको हो।

बस खैरहनी नगरपालिका–८ पर्सा बजारमा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो।

दुर्घटनामा घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र १४ जना मध्यम घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अन्य १६ जनाको अवस्था सामान्य रहेको छ।