टोपबहादुरले भने एक गिलास बियर लिएको छु

फाइल फाेटाे

काठमाडौं। आइतबार साँझ प्रहरी पुग्दा एमाले सांसद टोपबहादुर रायमाझी बूढानीलकण्ठस्थित पासिकोटमा रहेको आफन्तको घरमा लुकेर बसेका थिए। वैशाख ३० को साँझ मात्र उनी काठमाडौँ आएका हुन्।

प्रहरी प्रधान कार्यालयको ‘विशेष ब्यूरो’ले उनलाई निगरानी गरिरहेको थियो। आइतबार साँझ ब्यूरोको टोली टोपबहादुर बसेको घरमा पुग्यो। एमालेका निलम्बित सचिव रायमाझीलाई ब्यूरोले पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएको छ।

उनलाई अहिले प्रहरी वृत सोह्रखुट्टेको हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले जानकारी दिए।

शरणार्थी प्रकरणमा सोह्रखुट्टे वृतको थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई प्रहरी वृत दरबारमार्गमा अड्डासार गरिएको छ ।

पक्राउ गरेपछि प्रहरीले तीनकुनेस्थित कान्तिपुर अस्पतालमा रायमाझीको स्वास्थ्य परिक्षण गरेको छ । स्वास्थ्य परिक्षण गर्नेबेला चिकित्सकसँग रायमाझिले भनेका थिए।

एक गिलास बियर लिएको छु। उनलाई म्याद थपको लागी प्रहरीले दिउँसो अदालतमा उपस्थित गराउँदै छ। भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउँछु भनेर ठगेको आरोपमा रायमाझी पक्राउ परेका हुन्।