माधव नेपालको पार्टीमा पहिरो: केन्द्रीय सचिवसहित दर्जनौं नेता एमाले प्रवेश

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेस इंचार्ज भागवत विश्वासीसहित दाङकासवै नेताहरू एमालेमा फिर्ता भएका छन्।

उहाँहरूलाई एमाले महासचिव शंकर पोखरेलले आज तुलसीपुरमा पार्टी प्रवेश गराउनु भयो।

सचिव विश्वासीसँगै नेकपा एसका केन्द्रीयसदस्य एवं पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, केन्द्रीय सदस्य शारदा स्वर्णकार, लुम्बिनी प्रदेश कमिटी सदस्य अमित शर्मा, दाङजिल्ला अध्यक्ष सुरामणि बेल्वासे, उपाध्यक्ष चूर्णबहादुर वली, सचिव डिल्ली डाँगी र उपसचिव जानका रेग्मी सहितका नेताहरू एमालेमा फर्किनु भएको हो।

कार्यक्रममा जिल्ला कमिटीका अधिकांश सदस्य पनि एमालेमा फर्किएका छन्।

पार्टी प्रवेशपछि विश्वासीले नेकपा एस कांग्रेस र माओवादीको पुच्छर बनेकाले आफूहरू एमालेमै फर्किएको बताउनुभयो।