धितोपत्र दलालको लाइसेन्स वितरणमा चरम वेथिति: न्यूनतम मापदण्ड नपुगेकाकालाई समेत आशय पत्र दिइयो,बेथितिको मुकदर्शक बन्दै अख्तियार

काठमाडाैं। नेपाल धितोपत्र बोर्डले दलाल व्यवसायीको लाइसेन्स वितरणमा चरम वेथिति गर्दै प्रचलित नियम कानुनको धज्जी उडाएको खुल्न आएको छ।

दलाल व्यवसायीको लाइसेन्स जस्तो पूँजीबजारमा दुरगामी प्रभाव पार्ने निर्णय लिदा,धितोपत्र बोर्डले आफैले तय गरेको मापदण्ड,स्वास्र्थ बाझिने किसिमका व्याक्ति तथा समुहको लगानी भएका कम्पनी,अन्तर्राष्ट्रिय प्रचलन, पूँजीबजारका आधारभुत सिद्धान्त, तथा धितोपत्र बजार सम्बन्धित सरोकारवालाहरुको सुझावलाई कुल्चिदै, प्रचलित निति नियम तथा कानुनको धज्जी उडाउदै लाइसेन्स वितरण गरेको खुल्न आएको हो।

आशयपत्र वितरण गर्दा केहि सिमित व्याक्ति तथा समुहको प्रभावमा आर्थिक चलखेल भएकाे जानकारी सहित,प्रक्रियामा भएका अनियमितताका प्रमाणहरु हाम्राे अनलाइनलाई प्राप्त भएको छ। 

कराेडौं रकममा भएको चलखेलको यथेष्ट प्रमाण बजारमा छ्याप्छ्याप्ती हुदाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोग,अर्थ मन्त्रालयले समेत चासो नदिनुले,लाइसेन्स वितरणमा धितोपत्रबोर्ड सहितका अन्य सरकारी तथा सम्बन्द्ध निकायको मिलेमतो रहेको देखीएको छ।

नेपालमा पब्लिक कम्पनी रहेको विवरण २००० को हाराहारीमा रहेको र थप वृद्धि हुने आधार नरहेको अवस्थामा,धितोपत्र बजारको आवश्यकता र औचित्य हेरी बजार सञ्चालकले आवश्यक ठानेमा उसको सिफारिसमा मात्र धितोपत्र दलाल व्यवसायको थप अनुमतिपत्र प्रदान गर्नु पर्नेमा गहन अध्ययन विना नै प्रक्रिया अगाडि बढाएको देखीन्छ ।

सुचिकृत कम्पनी तथा ब्रोकर कम्पनीका संचालक,कार्यकारी प्रमुख, कर्मचारी, लेखापरीक्षक ब्रोकर कम्पनीका संस्थापक हुनका लागि अयोग्य हुने कानूनी व्यवस्था हुदाहुदै धितोपत्र बोर्डले हतारहतार किस्ताबन्दीमा एलओआई जारी गर्नुले आर्थिक अनियमितताको आधार पुष्टी गरेको छ।

आर्थिक अनियमितता सम्बन्धमा आशयपत्र प्रदान गरिएका कम्पनीहरुमा निम्नानुसार कैफियत तथा चलखेलका आधारहरु देखिएका छन्। हिमालयन ब्रोकरेज लिमिटेडलाई आशयपत्र प्रदान गर्दा धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसुची – ३, अनुसुची – ४ र अनुसुची – १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरुपमा पालना नगरेको देखिन्छ।

सूचीकृत कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र हिमालयन पावर पार्टनर लिमिटेडमा सञ्चालक रहेका अम्बिकाप्रसाद पौडेलको भित्री लगानी रहेको र हाल सञ्चालनमा रहेको दलाल नं. ४५ इम्पेरीयल सेक्युरिटीज प्रा.लि.मा २५ प्रतिशत र दलाल नं.  ४२ सनी सेक्युरिटीज लिमिटेडमा १५ प्रतिशत भान्जा र भतिजको नाममा रहेको शेयर अम्बिकाप्रसाद पौडेलले भित्रि लगानी गरेका छन्। ७ करोड ११ लाख रुपैयाँ लगानी गरेका शेयरधनी सागर ढकाल IME समूहका सञ्चालक हुन्। IME समूहका ग्लोबल आईएमई बैंक लिमिटेड सूचीकरणमा छ।

त्यस्तै, ग्लोबल आईएमई क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । ५ करोड रुपैयाँ लगानी गरेका शेयरधनी नवराज नेपाल ज्योति विकास बैंक लिमिटेड र सनी सेक्युरिटीज लिमिटेडका मुख्य लगानीकर्ता हुन् भने ४० लाख रुपैयाँ लगानी गरेका मनोज नेपाल,नवराज नेपालका सहोदर एकाघरका सदस्य हुन्।

एलिट स्टक हाउस लिमिटेडमा ४० लाख रुपैयाँ लगानी गरेका शेयरधनी मनोज नेपाल र ५ करोड रुपैयाँ लगानी गरेका शेयरधनी नवराज नेपाल एकाघरका सहोदर दाजुभाइ हुन्। बैंकबाट स्टेटमेन्ट पेस नगरी कम्पनी रजिष्ट्रार कार्यालयबाट मिलोमतोमा शेयर लगत निकालिएको देखिन्छ।

शेयर लगत अभिलेख भएको मिति र शेयरधनीले बैंकमा रकम जम्मा भएको मिति जाँच गर्दा यो कुराको वास्तविकता प्रष्ट हुने देखिन्छ। सूचीकृत कम्पनी नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडमा सञ्चालक नबराज नेपालको नाममा रु ५ करोड लगानी रहेको हुदाँ स्वार्थ बाझिने देखीन्छ।

साथै इन्फिनिटी सेक्युरिटीजले पेस गरको सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरणसमेत समावेश भएको ३ वर्षीय व्यवसायिक योजना र हिमालयन ब्रोकरेज लिमिटेडले पेस गरको विवरण हुबहु मिलेको छ तसर्थ  इन्फिनिटी सेक्युरिटीज र हिमालयन ब्रोकरेज एकै समूहको लगानीयुक्त कम्पनी हो भन्ने आधार देखिएको छ।

शेयरप्रो सेक्युरिटीज प्रा.लि.ले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसुची – ३, अनुसुची – ४ र अनुसुची – १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरुपमा पालना नगरेको, सञ्चालक लगत संलग्न नगरेको,  १ करोड रुपैयाँ लगानी गरेका शेयरधनी सन्दीपबिक्रम राणा र ११ लाख रुपैयाँ लगानी गरेका शेयरधनी सुजलरत्न शाक्य शेयरबजारसम्बन्धी अनलाइन पत्रिका शेयरसंसारका सञ्चालक रहेका, प्रविण अग्रवालको नाममा रहेको लगानी दीपेन्द्र अग्रवालको भित्रि लगानी रहेको आधार देखिएको, यस कम्पनीका शेयरधनीहरुले अनुमतिविना शेयर तालिम सञ्चालन गरि पोर्टफोलियो हेरिदिने भन्दै अनूचित शुल्क असुल गरि सर्वसाधारणको रकम ठगी गरेको, र शेयरधनीले शेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको श्रोतले जानकारी दिएको छ।

इन्डेक्स सेक्युरिटीज लिमिटेडले  धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसुची – ३, अनुसुची – ४ र अनुसुची – १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरुपमा पालना नगरेको, सञ्चालक लगत संलग्न नगरेको, ५० लाख रुपैयाँ लगानी गरेका एकजना शेयरधनी निरज्वल बस्नेत शेयरबजारसम्बन्धी समाचार लेख्ने ‘आर्थिक न्यूज’ अनलाइन पत्रिकाका अध्यक्ष रहेका, हालको २८ नं. दलाल श्रीकृष्ण सेक्युरिटीज लिमिटेडका कर्मचारी  दिनेश अर्यालले २ करोड रुपैयाँ लगानी गरेको  र नीज अर्याल इन्डेक्स सेक्युरिटीज लिमिटेडको अध्यक्ष भइ आवेदक भएका, हालको ५९  नं. दलालका एक सञ्चालकले परशुराम रिजालमार्फत  भित्रि लगानी गरेको आधार देखिएको, सूचीकृत कम्पनीमा सञ्चालक रहेका श्रीराम ढकालले छोरा सञ्जीव ढकालमार्फत २ करोड ५० लाख रुपैयाँ लगानी गरेको, शेयरधनी सञ्जीव ढकाल हाल स्वदेशमा नरहेको र कम्पनी दर्ता गर्दा उनको किर्ते हस्ताक्षर र औठा छाप लगाईएको, अन्य शेयरधनीहरु पनि सूचीकृत कम्पनीमा सञ्चालक रहेका, शेयरधनीले शेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको देखिएको छ।

सन् सेक्युरिटीज प्रा.लि.ले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसुची – ३, अनुसुची – ४ र अनुसुची – १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरुपमा पालना नगरेको, सञ्चालक लगत संलग्न नगरेको, ५ करोड ८२ लाख रुपैयाँ लगानी गरेका शेयरधनी कृष्ण गिरी नेपाल स्टक एक्सचेन्ज लिमिटेडका परामर्शदाता रहेका, सरकारी ठेक्का पूरा नगरी हर्जना तिरेका व्यक्ति शेयरधनी रहेका, नेपाल एसबीआइ बैंक लिमिटेडको सञ्चालक अप्सरा उप्रेतिको भित्री  लगानी रहेको, इन्सुरेन्स खबर नामक अनलाइनका अध्यक्ष केशव भण्डारीको भित्री  लगानी रहेको, कृष्ण गिरीको नामबाट नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र हिमालयन पावर पार्टनर लिमिटेडमा सञ्चालक रहेका अम्बिकाप्रसाद पौडेलको भित्री लगानी रहेको, प्रभू क्यापिटल लिमिटेडका शेयरधनी अङ्गिश घिमिरे, अशोक सिटौला, सन्तोषराज नेपाल, केशव भण्डारीको भित्री लगानी रहेको, प्रभू क्यापिटल लिमिटेडका प्रबन्ध सञ्चालक दिनेश थकालीको भित्री लगानी रहेको, प्रभु बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका सञ्चालक र उच्चपदस्थ कर्मचारीको छद्म लगानी रहेको, शेयरधनीले शेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको देखिन्छ।

क्यापिटल म्याक्स सेक्युरिटीज प्रा.लि.को हकमा धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसुची – ३, अनुसुची – ४ र अनुसुची – १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरुपमा पालना नगरेको, नेपाल स्टक एक्सचेन्ज लिमिटेडका पूर्व प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदका छोराको लगानी रहेको र नीज सागर सिंह साउद सूचीकृत कम्पनीमा सञ्चालक रहेका, शेयरधनी सूचीकृत कम्पनीमा सञ्चालक रहेका शेयरधनीले शेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको, संचालक बिष्णु पोखरेल बैंकको उच्च कर्मचारी रहेका, शेयरधनी मेघा चौधरीको नाममा रहेको लगानी चौधरी समुहको भित्रि लगानी भयको र नीज बिभिन्न कम्पनीमा संचालक रहेकी, रु ४ करोड ६८ लाख लगानी गरेका अतित लाल श्रेष्ठ आर्थिक मिडियामा  आबद्धता भयका , बिभिन्न समूह बनाई रकम उठाएर शेयरमा लगानी गर्दै सर्बसाधारण लाई ठगेका व्यक्ति हुन् भन्ने प्रमाण धितोपत्र बोर्डमा परेको बिभिन्न उजुरीहरु बाटनै प्रस्ट हुन्छ।

साथै निजको नाममा बजारमा नाम चलेका अर्का छट्टु बिस्लेसक भनि चिनिने बिष्णु प्रसाद बस्यालले रु २ करोड भित्रि लगानी गरेको भनि बुझिन आएको छ।

साथै अनिन राज भण्डारीको नाममा रहेको रु २ करोड ५१ लाख मध्ये रु १ करोड मेरो लगानी डट कम भन्ने मिडियाको भित्रि लगानी रहेको श्रोतले जानकारी दिएको छ । साथै क्यापिटल म्याक्स सेक्युरिटीज प्रा.लि. र भोलेगणेश सेक्युरिटीज लिमिटेड एकै समुहको रहेको हुदा दुवै निबेदन बदर भागी छन् । यी दुवै कम्पनीले पेश गरेको सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरणसमेत समावेश भएको ३ वर्षीय व्यवसायिक योजनाको विवरण हुबहु मिलेको छ तसर्थ  यी दुवै कम्पनीमा एकै समूहको लगानी छ।

स्टककार्ट्स सेक्युरिटीज लिमिटेडले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसुची – ३, अनुसुची – ४ र अनुसुची – १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरुपमा पालना नगरेको, सञ्चालक लगत संलग्न नगरेको, सरकारी ठेक्का पूरा नगरी हर्जना तिरेका व्यक्ति शेयरधनी रहेका, शेयर रकम बापत जम्मा भयको निस्सा बैंक विवरण निबेदन साथ पेस नगरेको, निवेदनको साथ कुनै पनि आबश्यक कागजात पेस नगरेको देखीएको छ।

भोलेगणेश सेक्युरिटीज लिमिटेडले   धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसुची – ३, अनुसुची – ४ र अनुसुची – १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरुपमा पालना नगरेको, सञ्चालक लगत संलग्न नगरेको, ६ करोड रुपैयाँ लगानी गरेका शेयरधनी दुर्गा तिवारी रिजालका पति नेपाल सरकारका निजामती कर्मचारी रहेका, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र हिमालयन पावर पार्टनर लिमिटेडमा सञ्चालक रहेका अम्बिकाप्रसाद पौडेलको भित्री लगानी रहेको, सञ्चालकसमेत रहेका अञ्जिब तुलाधरले विभिन्न समूह बनाई शेयर बजारमा लगानी गरेको।

नीज शेयर बिस्लेसक बनि बजारलाई प्रभाभित गर्ने माहिर खेलाडी भनि चिनिने गरेका छन् साथै मिडियामा कुनै कम्पनीको बारेमा अफबाह फैलाउने गुरुका रुपमा परिचित छन्।

नीज उपर बोर्डमा लिखित र मौखिक धेरै उजुरीहरु परेको भन्ने सुनिन आयको छ। अनिष अग्रवाल, सीताराम अग्रवाल, मोनिकाकुमारी अग्रवालको नाममा शेयरबजारमा अफवाह फैलाई कारोबार गर्ने दीपेन्द्र अग्रवालको भित्री लगानी रहेको, शेयरधनी सूचीकृत कम्पनीमा सञ्चालक रहेका, शेयरधनीले शेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको, क्यापिटल म्याक्स सेक्युरिटीज प्रा.लि. र भोलेगणेश सेक्युरिटीज लिमिटेड एकै समुहको रहेको हुदा दुवै निबेदन बदर भागी छन्।

यी दुवै कम्पनीले पेश गरेको सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरणसमेत समावेश भएको ३ वर्षीय व्यवसायिक योजनाको विवरण हुबहु मिलेको छ तसर्थ  यी दुवै कम्पनीमा एकै समूहको लगानी छ।

प्रोपर्टी विजार्ड लिमिटेडले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसुची – ३, अनुसुची – ४ र अनुसुची – १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरुपमा पालना नगरेको, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र हिमालयन पावर पार्टनर लिमिटेडमा सञ्चालक रहेका अम्बिकाप्रसाद पौडेलको भित्री लगानी रहेको,शेयरधनीले शेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको,संचालक शेयरधनी उद्धब शिवाकोटी ब्रोकर ३ संग आबद्ध रहेका व्यक्ति हुन्,संचालक हरि प्रसाद वाग्ले बैंक वित्तीय संस्थाको संचालक रहेका र निजको नाममा रहेको लगानीमा अम्बिका प्रसाद पौडेलको रु ५० लाख भित्रि लगानी रहेको ,

क्यापिटल हब प्रा.लि. ले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसुची – ३, अनुसुची – ४ र अनुसुची – १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरुपमा पालना नगरेको ,हाल सञ्चालनमा रहेको ब्रोकर कम्पनीको कर्मचारी भरत रेग्मीले लगानी गरेको ,एलिट क्यापिटल लिमिटेडका सञ्चालक राजन लम्सालको लगानी रहेको ,नेपाल राष्ट्र बैंकका अधिकृतको भित्री लगानी रहेको ,शेयरधनी सूचीकृत कम्पनीमा सञ्चालक रहेका, शेयरधनीले शेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको श्रोतले बताएको छ।

आकाशभैरव सेक्युरिटीज लिमिटेडले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसुची – ३, अनुसुची – ४ र अनुसुची – १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरुपमा पालना नगरेको ,सञ्चालक लगत संलग्न नगरेको ,रु ३ करोड ५४ लाख रुपैयाँ लगानी गरेका शेयरधनी मनबहादुर राइ सूचीकृत कम्पनी सेन्चुरी कमर्शियल बैंक लिमिटेडका सञ्चालक रहेका, रु ३ करोड ५४ लाख रुपैयाँ लगानी गरेका शेयरधनी दिनेश हुमागाईं सूचीकृत कम्पनी बुटवल पावर कम्पनी लिमिटेडमा सञ्चालक रहेका, शेयरधनीले शेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेका, सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको  देखिएको छ।

 एलिट स्टक हाउस लिमिटेड ले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसुची – ३, अनुसुची – ४ र अनुसुची – १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरुपमा पालना नगरेको,सञ्चालक लगत संलग्न नगरेको ,नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र हिमालयन पावर पार्टनर लिमिटेडमा सञ्चालक रहेका अम्बिकाप्रसाद पौडेलको भित्री लगानी रहेको ,हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडमा ५ करोड रुपैयाँ लगानी गरेका नवराज नेपाल र ४० लाख रुपैयाँ लगानी गरेका मनोज नेपाल सहोदर एकाघरका सदस्य हुन् ,शेयरधनी सूचीकृत कम्पनीमा सञ्चालक रहेका, शेयरधनीले शेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको   देखिएको छ।

 इगल स्टक इक्व्युटी प्रा.लि. ले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसुची – ३, अनुसुची – ४ र अनुसुची – १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरुपमा पालना नगरेको,सञ्चालक लगत संलग्न नगरेको,सरकारी ठेक्का पूरा नगरी हर्जना तिरेका व्यक्ति शेयरधनी रहेका,शेयरधनी सूचीकृत कम्पनीमा सञ्चालक रहेका , शेयरधनीले शेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको, सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको, संचालक विजय बिक्रम शाह सुचिकृत कम्पनीको संचालक रहेका, नीजको लगानीको स्रोत प्रस्ट नभयको, संचालक चक्र बहादुर खत्रीको लगानी निजको नभई भिष्म राज ढुंगानाको रहेको हुदा स्रोत नखुलेको देखिन्छ।

पाही इन्भेस्टमेन्ट प्रा.लि. ले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसुची – ३, अनुसुची – ४ र अनुसुची – १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरुपमा पालना नगरेको ,सञ्चालक लगत संलग्न नगरेको,शेयरधनी सूचीकृत कम्पनीमा सञ्चालक रहेका ,शेयरधनीले शेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको ,इन्द्रदेव यादबको नाम रहेको लगानीको स्रोत नखुलेको, सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको देखिएको छ। 

मियो सेक्युरिटीज प्रा.लि.ले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसुची – ३, अनुसुची – ४ र अनुसुची – १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरुपमा पालना नगरेको,आशिष रानाभाटको नाममा ब्रोकर ५५ को सञ्चालक विजय रानाभाटको भित्री लगानी रहेको,शेयरधनी सूचीकृत कम्पनीमा सञ्चालक रहेका,शेयरधनीले शेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको ,सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको, संचालक कैलास, बिरोचन र सन्दिप तिनै जनाको सम्पतिको स्रोत तथा लगानीको स्रोत नभयको,नीज संचालकहरुको अनुभब नभयको ÷नपुगेको, सस्थापकहरुको करचुक्ता नभयका देखिएको छ।

इन्फिनिटी सेक्युरिटिज लिमिटेडले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसुची – ३, अनुसुची – ४ र अनुसुची – १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरुपमा पालना नगरेको ,८० लाख रुपैयाँ लगानी गरेका शेयरधनी सङ्गीता तिमिल्सिना एलिट क्यापिटलको उच्च पदमा आसिन एवम कलश स्टक मार्केट प्रा.लि.मा १० लाख रुपैयाँ लगानी गरेका शेयरधनी सुमन पन्तकी पत्नी हुन्।

सुमन एलिट क्यापिटल लिमिटेडको शेयरधनी समेत हुन् ,२ करोड रुपैयाँ लगानी गरेका शेयरधनी नीता नेपाल सनी सेक्युरिटी लिमिटेडका शेयरधनी कुमार पौडेलकी पत्नी हुन्। ९० लाख रुपैयाँ लगानी गरेका शेयरधनी दिनेश अधिकारी इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडका मुख्य शेयरधनी हुन्। ५० लाख रुपैयाँ लगानी गरेका शेयरधनी विवेक पौडेलका पिता चोलाराम पौडेल उच्चअदालतका न्यायाधीश हुन् । निज विवेक पौडेल हाल विदेश (अमेरिका) मा रहेका छन्।

उनको हस्ताक्षर र औठा छाप किर्ते गरिएको छ । ४ करोड रुपैयाँ लगानी गरेका शेयरधनी उमा कंडेल सापकोटाको नाममा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र हिमालयन पावर पार्टनर लिमिटेडमा सञ्चालक अम्बिकाप्रसाद पौडेलको भित्री लगानी रहेको, १ करोड ३० लाख रुपैयाँ लगानी गरेका शेयरधनी दीपक शर्मा IME समूहका कर्मचारी हुन्।

यिनको नाममा IME समूहका चन्द्रप्रसाद ढकाल आदिको भित्री  लगानी रहेको छ, ३० लाख रुपैयाँ लगानी गरेका शेयरधनी रमेशकुमार कर्माचार्य इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक हुन्। ५ लाख रुपैयाँ लगानी गरेका शेयरधनी गणेश रेग्मी सनराईज बैंक लिमिटेडमा Integrated Risk Management/Treasury Mid Office का रुपमा कार्यरत छन्।

इन्फिनिटी सेक्युरिटीजले पेस गरको सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरणसमेत समावेश भएको ३ वर्षीय व्यवसायिक योजना र हिमालयन ब्रोकरेज लिमिटेडले पेस गरको विवरण हुबहु मिलेको छ तसर्थ  इन्फिनिटी सेक्युरिटीज र हिमालयन ब्रोकरेजमा  एकै समूहको लगानीयुक्त कम्पनी हो । शेयरधनीले शेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको देखिएको छ।

मिल्कीवे शेयर ब्रोकर कम्पनी लिमिटेड ले  धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसुची – ३, अनुसुची – ४ र अनुसुची – १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरुपमा पालना नगरेको ,सञ्चालक लगत संलग्न नगरेको ,ज्योति विकास बैंक लिमिटेडका अध्यक्ष हरिचन्द्र खड्काको भित्री लगानी रहेको ,१ करोड रुपैयाँ लगानी गरेका जयराम नेपाल हिमालयन ब्रोकरेज लिमिटेडमा ५ करोड रुपैयाँ लगानी गरेका शेयरधनी नवराज नेपाल र एलिट स्टक हाउस लिमिटेडमा ४० लाख लगानी गरेका शेयरधनी मनोज नेपाल सहोदर एकाघरका सदस्य हुन् ,१० लाख रुपैयाँ लगानी गरेका शेयरधनी मिलन केसी नेपाल राष्ट्र बैंकमा कार्यरत व्यक्ति हुन्। शेयरधनी नवराज नेपाल  नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड र चन्द्रागिरी हिल्सका सञ्चालक  हुन्।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र हिमालयन पावर पार्टनर लिमिटेडमा सञ्चालक अम्बिका प्रसाद पौडेलको भित्री लगानी रहेको, ज्योति क्यापिटल लिमिटेडका सञ्चालकहरुको आफ्नै नामबाट लगानी भएको ,शेयरधनीले शेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको, सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको देखिएको छ। 

इन्दिरा सेक्युरिटीज प्रा.लि.ले  धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसुची – ३, अनुसुची – ४ र अनुसुची – १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरुपमा पालना नगरेको,सञ्चालक लगत संलग्न नगरेको,शेयरधनीले शेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको ,सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको,शेयरधनी बिशाल ढुंगानाको नाममा लगानी भयको रु २ करोड रकम बोर्डका पूर्व अध्यक्ष भिस्मराज ढुंगानाको देखिएको छ।

सर्बोतम सिमेन्टको भित्रि कारोबारमा समेत बिशाल ढुंगानाको नाम रहेको थियो साथै सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको देखिएको छ। 

कलश स्टक मार्केट प्रा.लि. ले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ को अनुसुची – ३, अनुसुची – ४ र अनुसुची – १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरुपमा पालना नगरेको,सञ्चालक लगत संलग्न नगरेको रु ४० लाख रुपैयाँ लगानी गरेका शेयरधनी डिल्लीराम बाँस्तोला नेपाल सरकारको कर्मचारी रहेका , रु १० लाख रुपैयाँ लगानी गरेका शेयरधनी सुमन पन्त इन्फिनिटीका शेयरधनी एवम् एलिट क्यापिटल लिमिटेडका उच्च अधिकारी संगीता तिमिल्सिनाका पति हुन् ,नेपाल दूरसञ्चार कम्पनी लिमिटेड,चन्द्रागिरी हिल्स लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र हिमालयन पावर पार्टनर लिमिटेडमा सञ्चालक अम्बिका प्रसाद पौडेलको भित्री लगानी रहेको, रु ४ करोड ८० लाख रुपैयाँ लगानी गरेका शेयरधनी प्रदीप केसीको नाममा भएको लगानी शङ्कास्पद रहेकोले सम्पति शुद्धीकरणबाट छानबिन भैरहेको, शेयरधनीले शेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको, सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको देखिएको छ।

एसपीएसए सेक्युरिटीज लिमिटेडले कम्पनी दर्ता मात्र गरेको र कम्पनी रजिष्ट्रार कार्यालयमा शुरु विवरण नपठाएको २.  धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसुची – ३, अनुसुची – ४ र अनुसुची – १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरुपमा पालना नगरेको सञ्चालक लगत पेस नगरेको शेयरधनीले शेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको ,सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको देखिएको छ।

ब्लुचिप सेक्युरिटीज लिमिटेडले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसुची – ३, अनुसुची – ४ र अनुसुची – १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरुपमा पालना नगरेको ,डिमप्रसाद पौडेल र अशोक पौडेलको नाममा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र हिमालयन पावर पार्टनर लिमिटेडमा सञ्चालक रहेका अम्बिकाप्रसाद पौडेलको भित्री लगानी रहेको ,२ करोड ५० लाख रुपैयाँ लगानी गरेका शेयरधनी छिरिङ लामा ठेकेदार भएको र यिनलाई निर्माण सम्पन्न नगरेकोमा सरकारले कालोसूचीमा राखेको।

साथै बैकको ऋण नतिरेकोमा कालोसूचीमा राखेको,शेयरधनी सूचीकृत कम्पनीमा सञ्चालक रहेका ,शेयरधनीले शेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको, सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको देखिएको छ।

गरिमा सेक्युरिटीज ली.ले माथि हिमालयन ब्रोकरेज लिमिटेडको हकमा उल्लेख भएको १ देखि ७ सम्मको कुनै पनि कागजात गरिमा सेक्युरिटीज ली ले संलग्न नगरेको ,सञ्चालक लगत संलग्न नगरेको ,निवेदनको म्याद सकिएको एक हप्ता पछी मात्र बैंक खाता खोलेको ,     शेयर रकम बापत जम्मा भयको निस्सा बैंक विवरण निबेदन साथ पेस नगरेको , निवेदनको साथ कुनै पनि आबश्यक कागजात पेस नगरेको, सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको देखिएको छ।

हातेमालो फाइनान्सियल सर्भिस प्रा.लि. ले   धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसुची – ३, अनुसुची – ४ र अनुसुची – १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरुपमा पालना नगरेको ,सञ्चालक लगत संलग्न नगरेको ,हातेमालो सहकारी संस्था लिमिटेडको रकम अपचलन गरि सदस्यको बचत फिर्ता गर्न नसकेको, धितोपत्र बोर्डको पूर्व सञ्चालक निलबहादुर सारु मगरको भित्री लगानी भएको, शेयरधनी सूचीकृत कम्पनीमा सञ्चालक रहेका, शेयरधनीले शेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको, सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको देखिएको छ।

म्याग्नेट सेक्युरिटीज एण्ड इन्भेस्टमेन्ट प्रा.लि.ले  धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसुची – ३, अनुसुची – ४ र अनुसुची – १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरुपमा पालना नगरेको सञ्चालक लगत संलग्न नगरेको शेयरधनी सूचीकृत कम्पनीमा सञ्चालक रहेका २ करोड ५० लाख रुपैयाँ लगानी गरेका शेयरधनी निरु उप्रेतीले रोड्शो सेक्युरिटीज लिमिटेडमा पनि २ करोड रुपैयाँ लगानी गरेको, शेयरधनीले शेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको, सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको देखिएको छ। 

रोडशो सेक्युरिटीज ली.माथि हिमालयन ब्रोकरेज लिमिटेडको हकमा उल्लेख भएको १ देखि ७ सम्मको कुनै पनि कागजात रोडशो सेक्युरिटीजले संलग्न नगरेको सञ्चालक लगत संलग्न नगरेको ,निवेदनको म्याद सकिएको एक हप्ता पछी मात्र बैंक खाता खोलेको ,शेयर रकम बापत जम्मा भयको निस्सा बैंक विवरण निबेदन साथ पेस नगरेको ,निवेदनको साथ कुनै पनि आबश्यक कागजात पेस नगरेको।६.     सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको देखिएको छ।

सी.जी इन्भेस्टमेन्ट एण्ड सेक्युरिटीज प्रा.लि.ले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसुची – ३, अनुसुची – ४ र अनुसुची – १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरुपमा पालना नगरेको सञ्चालक लगत संलग्न नगरेको १० करोड रुपैयाँ लगानी गरेका शेयरधनी निर्वाणकुमार चौधरी नबिल बैंक लिमिटेडका सञ्चालक रहेका शेयरधनीले शेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको देखिएको छ।

सजिलो ब्रोकर लिमिटेडले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसुची – ३, अनुसुची – ४ र अनुसुची – १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरुपमा पालना नगरेको , सञ्चालक लगत संलग्न नगरेको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र हिमालयन पावर पार्टनर लिमिटेडमा सञ्चालक रहेका अम्बिकाप्रसाद पौडेलको भित्री लगानी रहेको,लगानीको स्रोत शङ्कास्पद रहेको शेयरधनीले शेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको, सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको देखिएको छ।

मनिवर्ल्ड शेयर एक्सचेन्ज प्रा.लि. ले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसुची – ३, अनुसुची – ४ र अनुसुची – १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरुपमा पालना नगरेको सञ्चालक लगत संलग्न नगरेको २० लाख ४० हजार रुपैयाँ लगानी गरेका शेयरधनी अम्बिकलाल श्रेष्ठले सञ्चालन गरेको सहकारीले बचत फिर्ता गर्न नसकेका, लगानीको स्रोत संकास्पद रहेका, शेयरधनीले शेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेका, सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको देखिएको छ।

बेनी सेक्युरिटीज प्रा.लि. ले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसुची – ३, अनुसुची – ४ र अनुसुची – १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरुपमा पालना नगरेको ,४ करोड ५० लाख रुपैयाँ शेयर लगानी गरेका शेयरधनी मोदप्रसाद त्रिपाठी खारेजीमा गएको सम्झना फाइनान्स कम्पनी लिमिटेडमा भएको घोटालामा नेपाल राष्ट्र बैंकले सफाई दिन बाँकी रहेको, आवेदन दिने म्याद सकिएको एक हप्ता पछी मात्र बैंक खाता खोलेको ,शेयरधनीले शेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको ,सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको देखिएको छ ।

एप्पल सेक्युरिटीज प्रा.लि.ले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसुची – ३, अनुसुची – ४ र अनुसुची – १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरुपमा पालना नगरेको ,सञ्चालक लगत संलग्न नगरेको ५ लाख रुपैयाँ लगानी गरेका शेयरधनी सौरभ ढुङ्गाना नेपाल राष्ट्र बैंकको डेप्युटी गभर्नर निलम ढुङ्गाना तिमिल्सिनाको एकाघर सगोल भाई रहेका ,शेयरधनीले शेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको,सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको देखिएको छ।

शुभकामना सेक्युरिटीज प्रा.लि. ले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसुची – ३, अनुसुची – ४ र अनुसुची – १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरुपमा पालना नगरेको , सञ्चालक लगत संलग्न नगरेको,राहुल अग्रवाल, शंकरलाल अग्रवाल, बिनित अग्रवाल, बन्दना अग्रवाल, आदिको नाममा दीपेन्द्र अग्रवालको लगानी रहेको,शेयरधनीले शेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको , सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको देखिएको छ। 

ट्रेडमो सेक्युरिटीज प्रा.लि. ले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसुची – ३, अनुसुची – ४ र अनुसुची – १६ मा तोकिएको कुनै पनि शर्त पूर्णरुपमा पालना नगरेको ,सञ्चालक लगत संलग्न नगरेको,सरकारी ठेक्का पूरा नगरी हर्जना तिरेका व्यक्ति शेयरधनी रहेका ७ करोड ११ लाख रुपैयाँ लगानी गरेका शेयरधनी तारादेवी महर्जन र ४ करोड ३० लाख रुपैयाँ लगानी गरेका शेयरधनी सरोज महर्जन संलग्न निर्माण कम्पनी कालोसूचीमा परेको,शेयरधनीले शेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेका देखिएको छ।

साथै  सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको।सञ्चालक लगत संलग्न नगरेको, निवेदनको म्याद सकिएको एक हप्ता पछी मात्र बैंक खाता खोलेको, शेयर रकम बापत जम्मा भयको निस्सा बैंक विवरण निबेदन साथ पेस नगरेको,निवेदनको साथ कुनै पनि आबश्यक कागजात पेस नगरेको र सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको देखिएको छ।