नवनियुक्त मन्त्री र राज्यमन्त्रीको शपथ आज हुँदै

काठमाडौं। नवनियुक्त मन्त्री र राज्यमन्त्रीको शपथ आज हुँदै छ। राष्ट्रपति कार्यालयका अनुसार आज बिहान ९ः५० बजे नवनियुक्त मन्त्री र राज्यमन्त्रीको शपथग्रहणको कार्यक्रम राखिएको छ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा)का तर्फबाट मन्त्री नियुक्त भएका वीरेन्द्रप्रसाद महतो र राज्यमन्त्री प्रमिला कुमारीको शपथग्रहण आज हुने भएको छ।

दुवैजनाले राष्ट्रपति कार्यालयमा आज बिहान शपथग्रहणको कार्यक्रम राखिएको जसपाले जनाएको छ। मङ्गलबार महतो वन तथा वातावरणमन्त्री तथा प्रमिला शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त भएका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन्। योसँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।