ओलीका स्वकीय सचिवको नाम पोलिएपछि शरणार्थी प्रकरणको अनुसन्धानमाथि शंखर पोखरेलले उठाए प्रश्न

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानमाथि एमाले महासचिव शंखर पोखरेलले प्रश्न उठाएका छन्। यो प्रकरणका मुख्य योजनाकार केशव दुलालले मंगलबार बयान दिँदा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वकीय सचिवहरुको नाम पोलेपछि पोखरेलले सत्तास्वार्थका लागि लज्जास्पद नाटक गरिएको टिप्पणी गरेका हुन्।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत उनले भने,काक्राचोरले काक्रा आफुले खाएर विया सोझा गाउले किसानको अनुहारमा टासिदिएर चोरको आरोप लगाएजस्तो बनाइएछ नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धान। सत्तास्वार्थका लागि गरिएको यो लज्जास्पद नाटकको एक दिन पटाक्षेप हुने नै छ।

यस प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा, उनकी पत्नी नैनकला, तत्कालीन गृह सचिव प्रेमकुमार राई र तत्कालीन प्रधानमन्त्री ओलीका स्वकीय सचिव राजेश वज्राचार्य तथा सल्लाहकार अजयक्रान्ति शाक्यको पनि मुछिएको छ।